• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बरिष्ठ पत्रकार टंक उप्रेतीलाई विद्यावारिधि

बरिष्ठ पत्रकार टंक उप्रेतीलाई विद्यावारिधि


समायोजन खबर
  • बुधबार, चैत्र ९ २०७३

  • २०७३-चैत्र-९गते बुधवार

    बरिष्ठ पत्रकार टंक उप्रेतीले पत्रकारिता तथा आमसंचार विषयमा विद्यावारिधि (पिएच.डी.) उपाधि प्राप्त गर्नु भएको छ । मिडिया एण्ड एथ्निसिटीः रिप्रेजेन्टेसन अफ माइनोरिटिज इन नेपाली टेलिभिजन न्यूज शीर्षकमा उहाँले गर्नुभएको अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालयले उहाँलाई यो उपाधि प्रदान गरेको हो ।

    झापाको शनिश्चरेमा जन्मनु भई शनिश्चरे मा.वि.बाट २०४४ मा प्रवेशिका पास गर्नुभएका उप्रेतीले यसअघि लण्डनबाट आमसंचार र त्रि.वि.बाट अर्थशास्त्रमा मास्टर्स तहको अध्ययन पुरा गर्नु भएको थियो ।
    उप्रेती नेपालीसंचारको प्राज्ञिक र व्यवसायिक दुवै क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ । नेपाल टेलिभिजनको कार्यकारी निर्माताका रुपमा कार्यरत उप्रेतीका संचार अनुसन्धान, नेपाली टेलिभिजनः विकास र वहस लगायतका किताब पनि प्रकाशित छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology