• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गर्भवतीलाई मोबाइलबाटै सन्देश –

गर्भवतीलाई मोबाइलबाटै सन्देश –


समायोजन खबर
  • सोमबार, फाल्गुन ३० २०७३

  • ३०फागुन,नुवाकोट । जिल्लाका गर्भवतीलाई सुरक्षित सुत्केरी र पोषण सुधारका लागि मोबाइलबाटै सन्देश प्रवाह गरिने भएको छ । यहाँ सञ्चालित ‘सुआहारा कार्यक्रम’ले गर्भवतीको पोषण सुरक्षा र सुरक्षित सुत्केरी गराउनका लागि सचेतना जगाउन मोबाइल एसएमएस मार्फत जानकारी दिन लागिएको कार्यक्रमका प्रमुख भीमा पराजुलीले बताए ।
    मोबाइलमा “तपाईँको घरमा कोही गर्भवती हुनुुहुन्छ ? नियमित रुपमा गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी जाने गर्नुभएको छ कि छैन ? अनि नौ महिना पूरा भयो, बच्चा जन्माउन स्वास्थ्य संस्थामा जानुस्” जस्ता सन्देश प्रवाह गरिने छ । जिल्ला स्वास्थ्य कार्यालय र सुआहाराको आयोजनामा आज भएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठकमा गर्भवती तथा बालबालिकाको पोषण सुधारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराइएको हो ।
    सुआहाराले यहाँ सञ्चालन गरेको ‘बहुवर्षीय पोषण कार्यक्रम’ अन्तर्गत जिल्लाका ६१ वटै गाविसमा कम केयर एप्समार्फत पोषण सुधारका लागि घरधुरी सर्वेक्षण गरी एसएमएस माध्यमबाट जानकारी पठाउने योजना छ । पराजुलीका अनुसार छ महिनाभित्र सबै घरको सर्वेक्षण गरिएपछि गर्भवती तथा अभिभावकलाई मोबाइलबाट सुरक्षित सुत्केरी तथा पोषण सुधारमा सहयोग पुग्ने छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology