
२७फागुण – सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउन आइसफल डक्टरहरु आधारशिविरतर्फ प्रस्थान गरेका छन् ।
आठ जना आइसफल डक्टरसहित १० जना सोलुखुम्बुको नाम्चेबजारबाट सगरमाथाको आधारशिविरतर्फ लागेका हुन् । हिमाल आरोहणको मौसम सुरु भएपछि उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।
आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, फुछेतार शेर्पा र फु कितार शेर्पा छन् । उनीहरुसँगै दुई जना कुक समेत रहेको सगरमाथा प्रदुषण नियन्जत्रण समिति एसपीसीसी नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राइले जानकारी दिए ।
हरेक बर्ष सगरमाथाको बाटो बनाउने काम सरकराले एसपीसीसीलाई जिम्मा दिने गरेको छ ।आइसफल डक्टरहरु आगामी २४ गते आधारशिविर पुग्ने तालिका छ ।
लगातार दुई बर्ष प्राकृतिक विपत्तिले तहस नहस बनाएको सगरमाथा आरोहण गत बर्षदेखि लयमा फर्किएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology