• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाल्पा महोत्सवमा आठ करोडको कारोबार

पाल्पा महोत्सवमा आठ करोडको कारोबार


समायोजन खबर
  • मंगलबार, फाल्गुन २४ २०७३

  • पाल्पा, फागुन २३ । पाल्पाको तानसेनमा सञ्चालन भएको पाल्पा महोत्सवमा आठ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
    गत फागुन १२ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख दर्शकले मेलाको अवलोकन गरेका छन्। महोत्सवमा लक्ष्यअनुसारको कारोबार भएको आयोजकले जनाएको छ ।

    सङ्घको बहुउद्देश्यीय भवन निर्माणका लागि सञ्चालन गरिएको यस महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्ने सङ्घका अध्यक्ष एवम् मूल आयोजक समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए।

    पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा सञ्चालन भएको महोत्सवमा आकर्षणका रुपमा तत्कालीन पाल्पाका कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक, राउटेद्वारा निर्मित काठका सामग्रीको प्रदर्शनी, पाल्पाली करुवा, पाल्पामा उत्पादित कृषि उत्पादन, घरेलु उत्पादन, ढाका कपडाद्वारा उत्पादित वस्तु, अष्ट्रिज चरा, ऊट, महोत्सव स्थलभित्रै परम्परा जोगाउन गोरुबाट पेलिएको उखुको रस र खुदोको व्यापार रहेको थियो ।

    महोत्सवमा कृषि, अटोमोबाइल, आइटी, बैंक तथा वित्तीय संस्था, गार्मेन्ट, फोटो प्रदर्शनी, व्यापारिक गरी ४६३ वटा स्टल रहेको प्रचारप्रसार उपसमितिका संयोजक शैलेन्द्र भट्टराईले बताए। रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology