
काठमाडौं नागारिक लगानि कोषले सी आई टी मोबाइल एप सञ्चालनमा ल्याएको छ । उक्त एपले सुचनाको क्षेत्रमा सहयोग गर्ने कोषले जनाएको छ ।
नगरिक लगानी कोषले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, निजामती कर्मचारी सावधिक जिवन बीमा, शिक्षक सावधिक जिवन बिमा, नेपालप्रहरी सावधिक जिवन बिमा, नेपाली सेना सावधिक जिवन विमा, सशस्त्र सावधिक जीवन बिमा, नार्क सावधिक जीवन बिमा अन्तर्गत जम्मा भएको रकमको स्टेटमेन्ट र कर्मचारी बचतवृद्धि स्वीकृति अवकाश कोष अन्तर्गत ८० प्रतिशत ऋण सापटी तथा बचत रकमको स्टेटमेन्ट सीआईटी मोबाइल एप मार्फत हेर्न कोषले जानकारी दिएको छ ।
कर्मचारी बचत बृद्धि सवीकृति अवकाश कोष र सबै बिमा कोषका बचतकर्ता सहभागी ग्राहकहरुले कोषको उक्त सेवा लिन सकिन्छ । प्रयागकर्ताले कोषको सेवा लिनको लागी एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोबाइलको प्ले स्टोरमा गएर सीआईटी मोबाईल एप सर्च गर्ने र सो एपलाई डाउनलोड गर्नुपर्ने छ ।
यसपश्चात ग्राहकले मोबाइल नम्बर र पिन कोडले लग ईन गरी अवकाश कोषको बचत र ऋण सापटीको स्टेटमेन्ट र बीमा कोषको स्टेटमेन्ट हेर्न सक्नेछन् । यो सेवा सेवाग्राही ठुलो सहयोग पुग्ने लगानी कोषको बुझाई छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology