• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फुलारी गुम्बामा नेपालकै ठूलो थाङ्का  

फुलारी गुम्बामा नेपालकै ठूलो थाङ्का  


समायोजन खबर
  • मंगलबार, फाल्गुन १७ २०७३

  •  समायेाजन खबर  फाल्गुन १७,
     
    Thangka

    काठमाडौंः– ग्याल्पो लोसारको अवसरमा गोकर्णस्थित फुलारी गुम्बामा नेपालकै सबैभन्दा ठूलो थाङ्काको प्रदर्शनी गरिएको छ । बौद्ध धर्ममा थाङ्कालार्ई महाँकालको प्रतीकका रूपमा हेरिने गरिन्छ  । थाङ्का ४ वर्ष लगाएर ८ जनाले तयार गरेको थाङ्का निर्माणकर्ता नुर्पु शेर्पाले जानकारी दिए । उक्त थाङ्कामा ४४ ओटा देवताको तस्बिरलाई विभिन्न रूपमा सजाइएको छ । योे थान्का ५२ फिट उचाइ र ३६ फिट चौडाइको छ । यो थाङ्कालाई नेपालकै ठूलो र पहिलो थान्का भएको निमार्णकार्यमा संलग्नले जनाएका छन् । यसअघि १० देशका बौद्ध धर्मावलम्बीहरूले ६६ फिट लम्बाइ भएको विश्वको ठूलो थाङ्का बनाएका थिए ।
    बौद्ध धर्ममा थाङ्कालाई देवताको दोस्रो स्वरूप मानिने गरेको फुलारी गुम्बाका धर्मगुरु खाम्बो चुकु गुरुङले बताए । उनले भने, ‘मानव जातिलाई सुख–शान्तिको अनुभूति होस् भनेर थाङ्कामा देवताका प्रतीकहरू उतार्ने प्रचलन विगतदेखि नै चलिआएको हो ।’
    नेपालमा अहिलेसम्म यति ठूलो थाङ्का बन्न नसकेकोे शेर्पाको भनाइ छ । फुलारी गुम्बाभित्र पनि १ सय ९८ फिट चौडाइ भएको अर्को नयाँ थान्काको बनाएर गुम्बाभित्रको सजावट फेरिएको शेर्पाले जानकारी दिए । उक्त थाङ्कामा ६६ ओटा देवताको स्वरूप समावेश गरिएको छ ।
    गुम्बामा आउने भक्तजनलाई देवताको स्वरूप कस्तो हुन्छ भने जिज्ञासा हुने गरेकाले थाङ्काबाट भगवान्को चित्र देखाउने गरिएको हो । यो गुम्बाको निर्माणकार्य २०२९ सालमा भएको धर्मगुरु चुकु गुरुङले जानकारी दिए ।
    ग्याल्पो लोसार बाह्रै महिना ग्याल दावा सकेर पहिलो महिना छ्यु दावाको पहिलो दिनमा पर्दछ । ग्याल्पोको शाब्दिक अर्थ राजा र जित्नु या ग्याल्वा भनेको जिन भन्ने बुझिन्छ । हिमालय महायानी बौद्ध पात्रोको पहिलो महिनाको पहिलो दिन ग्याल्पो लोसार पर्ने हुँदा उक्त दिनबाट नयाँ ल्हो वर्ग र संवत् फेर्ने प्रक्रिया सुरु हुन्छ । तसर्थ यस दिनबाट नयाँ वर्ग र संवत् फेरिने हुँदा यसलाई लोसार या नयाँ वर्ष भनिन्छ ।
    बोधिसत्व डिब्पानम्सेलको निर्माणकार्य ङ्यठी चेन्पोलाई नै हिमवत् खण्डको प्रथम राजा मानिन्छ जुन इ.पू. १२७ पहिले अर्थात् आजभन्दा २१४२ वर्षअगाडि सुरु भएको हो ।
    महाँकाल भगवान्को रूप 
    थाङकालाई बौद्ध धर्ममा महाँकाल भगवान्को दोस्रो रूपमा हेर्न गरिन्छ । परम्पराकालमा देवता तथा देवताका स्वरूप यस्तो हुन्छ भनेर चित्रण गरेर भक्तजनलाई देखाउने चलन रहेको यस क्षेत्रका इतिहासविद्हरू बताउँछन् । बौद्ध धर्ममा थाङ्कालाई महाँकाल मानेर पूजा गर्ने पनि चल्न छ ।


    देवताको प्रतीक 
    बौद्ध धर्ममा थाङ्कालाई देवताको प्रतीकका रूपमा मान्ने प्रचलन नै छ । यो धर्ममा समय अथवा ऋतु परिवर्तन भएपिच्छे मानवमा सुख शान्तिको प्रत्याभूति होस् भन्ने पनि चलन छ । थाङ्कालाई चित्रण गरेर देखाइयो भने भक्तहरूको वरिपरि देवता घुमेजस्तो देखिने र त्यसबाट भक्तलाई शान्त बस्न स्वभावको विकास हुने विश्वास पनि गरिन्छ ।
    धर्मशास्त्रमा उल्लेख भएअनुसार हिमवत खण्डमा जुन समयमा मानिसहरू सामाजिक संरचनाहरू निर्माण गरी मानव सभ्यतामा प्रवेश गरी नसकेको र आफूहरूलाई व्यवस्थित गर्ने र भर पर्ने उच्च व्यक्ति कोही नभएको अवस्थामा एउटा असाधारण लक्षण भएको बोधिसत्व डिव्पानाम्सेलको निर्माणकार्यको आगमनलाई यस धर्मका यस्ता विभूतिहरूको विकास भएको मानिन्छ ।

    गुम्बा र बौद्ध धर्मका मन्दिर उचाइमा हुनुको कारण 

    गुम्बाहरू प्रायःजसो उच्च हिमाल र पहाडमा हुने गर्छन् । गुम्बा र बुद्धका मन्दिर अग्लो ठाउँमा हुनुको कारण देवताको नाममा बजाइने धुन सबै भक्तजनहरू सुनेर आनन्द र शान्त होऊन् भनेर अग्लो ठाउँमा बनाउने गरिएको इतिहासविद्को भनाइ छ । यो धर्म मान्ने समुदाय पनि यस्तै क्षेत्रमा बस्ने गरेका छन् ।

    समाचार स्रेात हिमगाथा अनलाइन

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology