
काठमाडौंः– ग्याल्पो लोसारको अवसरमा गोकर्णस्थित फुलारी गुम्बामा नेपालकै सबैभन्दा ठूलो थाङ्काको प्रदर्शनी गरिएको छ । बौद्ध धर्ममा थाङ्कालार्ई महाँकालको प्रतीकका रूपमा हेरिने गरिन्छ । थाङ्का ४ वर्ष लगाएर ८ जनाले तयार गरेको थाङ्का निर्माणकर्ता नुर्पु शेर्पाले जानकारी दिए । उक्त थाङ्कामा ४४ ओटा देवताको तस्बिरलाई विभिन्न रूपमा सजाइएको छ । योे थान्का ५२ फिट उचाइ र ३६ फिट चौडाइको छ । यो थाङ्कालाई नेपालकै ठूलो र पहिलो थान्का भएको निमार्णकार्यमा संलग्नले जनाएका छन् । यसअघि १० देशका बौद्ध धर्मावलम्बीहरूले ६६ फिट लम्बाइ भएको विश्वको ठूलो थाङ्का बनाएका थिए ।
बौद्ध धर्ममा थाङ्कालाई देवताको दोस्रो स्वरूप मानिने गरेको फुलारी गुम्बाका धर्मगुरु खाम्बो चुकु गुरुङले बताए । उनले भने, ‘मानव जातिलाई सुख–शान्तिको अनुभूति होस् भनेर थाङ्कामा देवताका प्रतीकहरू उतार्ने प्रचलन विगतदेखि नै चलिआएको हो ।’
नेपालमा अहिलेसम्म यति ठूलो थाङ्का बन्न नसकेकोे शेर्पाको भनाइ छ । फुलारी गुम्बाभित्र पनि १ सय ९८ फिट चौडाइ भएको अर्को नयाँ थान्काको बनाएर गुम्बाभित्रको सजावट फेरिएको शेर्पाले जानकारी दिए । उक्त थाङ्कामा ६६ ओटा देवताको स्वरूप समावेश गरिएको छ ।
गुम्बामा आउने भक्तजनलाई देवताको स्वरूप कस्तो हुन्छ भने जिज्ञासा हुने गरेकाले थाङ्काबाट भगवान्को चित्र देखाउने गरिएको हो । यो गुम्बाको निर्माणकार्य २०२९ सालमा भएको धर्मगुरु चुकु गुरुङले जानकारी दिए ।
ग्याल्पो लोसार बाह्रै महिना ग्याल दावा सकेर पहिलो महिना छ्यु दावाको पहिलो दिनमा पर्दछ । ग्याल्पोको शाब्दिक अर्थ राजा र जित्नु या ग्याल्वा भनेको जिन भन्ने बुझिन्छ । हिमालय महायानी बौद्ध पात्रोको पहिलो महिनाको पहिलो दिन ग्याल्पो लोसार पर्ने हुँदा उक्त दिनबाट नयाँ ल्हो वर्ग र संवत् फेर्ने प्रक्रिया सुरु हुन्छ । तसर्थ यस दिनबाट नयाँ वर्ग र संवत् फेरिने हुँदा यसलाई लोसार या नयाँ वर्ष भनिन्छ ।
बोधिसत्व डिब्पानम्सेलको निर्माणकार्य ङ्यठी चेन्पोलाई नै हिमवत् खण्डको प्रथम राजा मानिन्छ जुन इ.पू. १२७ पहिले अर्थात् आजभन्दा २१४२ वर्षअगाडि सुरु भएको हो ।
महाँकाल भगवान्को रूप
थाङकालाई बौद्ध धर्ममा महाँकाल भगवान्को दोस्रो रूपमा हेर्न गरिन्छ । परम्पराकालमा देवता तथा देवताका स्वरूप यस्तो हुन्छ भनेर चित्रण गरेर भक्तजनलाई देखाउने चलन रहेको यस क्षेत्रका इतिहासविद्हरू बताउँछन् । बौद्ध धर्ममा थाङ्कालाई महाँकाल मानेर पूजा गर्ने पनि चल्न छ ।

देवताको प्रतीक
बौद्ध धर्ममा थाङ्कालाई देवताको प्रतीकका रूपमा मान्ने प्रचलन नै छ । यो धर्ममा समय अथवा ऋतु परिवर्तन भएपिच्छे मानवमा सुख शान्तिको प्रत्याभूति होस् भन्ने पनि चलन छ । थाङ्कालाई चित्रण गरेर देखाइयो भने भक्तहरूको वरिपरि देवता घुमेजस्तो देखिने र त्यसबाट भक्तलाई शान्त बस्न स्वभावको विकास हुने विश्वास पनि गरिन्छ ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार हिमवत खण्डमा जुन समयमा मानिसहरू सामाजिक संरचनाहरू निर्माण गरी मानव सभ्यतामा प्रवेश गरी नसकेको र आफूहरूलाई व्यवस्थित गर्ने र भर पर्ने उच्च व्यक्ति कोही नभएको अवस्थामा एउटा असाधारण लक्षण भएको बोधिसत्व डिव्पानाम्सेलको निर्माणकार्यको आगमनलाई यस धर्मका यस्ता विभूतिहरूको विकास भएको मानिन्छ ।
गुम्बा र बौद्ध धर्मका मन्दिर उचाइमा हुनुको कारण
गुम्बाहरू प्रायःजसो उच्च हिमाल र पहाडमा हुने गर्छन् । गुम्बा र बुद्धका मन्दिर अग्लो ठाउँमा हुनुको कारण देवताको नाममा बजाइने धुन सबै भक्तजनहरू सुनेर आनन्द र शान्त होऊन् भनेर अग्लो ठाउँमा बनाउने गरिएको इतिहासविद्को भनाइ छ । यो धर्म मान्ने समुदाय पनि यस्तै क्षेत्रमा बस्ने गरेका छन् ।
समाचार स्रेात हिमगाथा अनलाइन
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology