
काठमाडौं :- परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहोर्याए ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी अहिले जेनेभामा रहेका मन्त्री डा. महतले सोमबार शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटका क्रममा ती शरणार्थी आफ्नो देशमा नफर्कँदासम्म तथा कुनै तेस्रो मुलुकमा पुनर्स्थापित नहुँदासम्म राष्ट्रसङ्घीय निकायलाई मानवीय सहायता उपलब्ध गराउने दायित्वबाट नहट्न आग्रह गरे ।
नेपालमा अहिले बाँकी रहेका दश हजारभन्दा केही बढीको सङ्ख्यामा रहेका ति शरणार्थीलाई नेपालमै पुनर्स्थापित गर्न निकायले नेपाललाई आग्रह गर्दै आएको थियो भने नेपालले ति शरणार्थीलाई स्वदेशमै फर्किनका लागि सहयोग गर्नुपर्ने अडान लिँदै आएको थियो ।
यो विषयमा उच्चायुक्त सकारात्मक भएका छन । शरणार्थीलाई गर्दै आएको सहयोगको जिम्मेवारीबाट आयोग पछि नहट्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए । । नेपालमा रहेका भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनर्स्थापित भएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology