पखाला लाग्दा तारन्तार दिसा आउँदछ । दिसाबाट पातलो पानीजस्तो तरल पदार्थ बग्दछ । कहिले थोरै गाढा त कहिले पातलो पानी जस्तो दिसा आउँछ । पानीजस्तो पिचिरिक्क आउने गर्छ । यस्तो बेला पहिला बिस्तारै पेट दुख्छ । जिब्रोमा सुख्खापन देखिने, पानीको प्यास लाग्ने, हिँड्न गाह्रो भै जहाँ पायो त्यहिँ बसौँ लान्ने हुन्छ ।
पखला मौसम परिवर्तनका कारणले पनि हुन्छ । बिशेषगरी सडेगलेका बासी वा ढुसी परेका र पचाउन नसक्ने खानेकुरा खाएमा, दुषित पानी प्रयोग गरेमा, पेटमा जुका परेमा पनि पखाला लाग्छ । दिसा गरिसकेपछि वा खाना खानुअघि साबुन पानीले हात नधोइकन खाना खाएमा पनि पखाला लाग्छ ।
यस्तो बेलामा जीवनजल, पानी
सकेसम्म पिउनुपर्छ । दही वा नरम खालको जाउलो खानुपर्छ ।
झोलिलो पदार्थ जस्तै चामलको चौलानी, मुसुरोका दाल वा गेडागुडीको रस पिउने, लौकाको तरकारी अथवा दही फिटेर खाने, कागती, अनार, मौसम, सुन्तलाको रस खाने, जीवनजल नभएमा एक चम्चा चिनि र एक चिम्टी नुन पानीमा मिसाएर पिउने गर्नुपर्छ । यसका साथै काँक्रो अथवा पाकेको मेवा, उखुको रस, गुलियो स्याउदाना तथा बेलको सर्वत बनाएर खानुपर्छ ।
पखला लाग्दा मदिरा, कफी र दुध पिउनु हुँदैन । यसका साथै फ्रिजमा राखेका खानेकुरा बाहिर निकालेर तुरुन्त खानुहुँदैन । अमिलो अचार, आलु, भन्टा, कोभी, पहिलेदेखि नै काटेर राखेको सलाद खानु हुँदैन । पानी उमालेर सेलाएपछि मात्रै पिउनुपर्छ । पेटलाई तातो कपडाले छोपेर राख्नुपर्छ । हातमा बढिरहेका नङ्गहरु नियमित रुपमा काट्ने, घरेलु औषधिको रुपमा प्याजलाई पिधेर नाइटोनेर लेप बनाएर लगाउनुपर्छ । दिसा पिसाब रोकेर राख्नुहुँदैन । दिउँसो सुतिरहने राती नसुत्ने बानी हटाउनु पर्छ ।
@ स्वास्थ्य खबरपत्रिका
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology