
प्रायः कपाल नकोर्ने, टाउको ननुहाउने, फुस्रो छाला भएका, चिसो मौसममा कोठा न्यानो पारेर बस्ने, बढी नुनिलो, गुलियो र मसालेदार खाना खाने तथा रक्सी सेवन गर्ने हरुमा चाया पर्ने सम्भावना बढी हुन्छ । जाडो मौसममा टाउकोबाट टोपी नझिक्ने, कम नुहाउनेहरुलाई चायाले उस्तै खेदो खन्छ ।
मालासेजिया नामक ढुसी (फंगस) का कारण कानको पछाडि, आँखी भौँ र नाकमा सेतो पाप्रा हुने सेबोरिक डर्माटाइटिस रोग भएका र सोरियासिस, इक्जेमा, पार्किन्सन्सजस्ता रोग लागेका मानिसलाई चाया बढी मात्रामा देखिन्छ । यस्तै, हृदयघात र मस्तिष्कघातबाट तंग्रिन लागेका बिरामी, जिंक तथा भिटामिनको कमी भएका, मानसिक तनाव भएका मानिसलाई पनि चायाले सताउँछ ।
कपालभरि सेता पाप्रा देखिनु, टाउको चिलाउनु, टाउको कन्याउँदा लुगाभरि सेतो फुस्रो पाप्रा झर्नु आदि यसका लक्षण हुन्। कपालभरि चाया हुँदा मान्छे फोहोरीसमेत देखिन्छ ।
उपचारः
– सर्वप्रथमतः छायाले हैरान लगाएको छ भने, चर्मरोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हो ।
– चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्फूहरु हुन्छन् । तिनको उचित प्रयोगले चाया हराउन सक्छ ।
– कुनै सेम्फूमा जिंक पैरिथियोन, केटाकोनाजोल नामक फंगस नासक औषधि राखिएको हुन्छ भने कुनै सेम्फूमा पाप्रा बन्न नदिने कोल टार, सेलिसैलिक एसिडजस्ता औषधि राखिएको हुन्छ ।
– सेम्फू छान्दा केटोकोनाजोल, सेलेनियम सल्फाइड, जिंक पैरिथियोन, सेलिसिलिक एसिक, कोल टार, टि–ट्री ओयलजस्ता औषधियुक्त सेम्फू छान्नुपर्छ ।
– विभिन्न प्रकारका सेम्फूमध्ये आफूलाई उपयुक्त हुने सेम्फू छानिसकेपछि कम्तिमा एक महिना नियमित लगाउनुपर्छ । सुधार भएन भने सेम्फू बदल्न सकिन्छ । यसका लागि चर्म रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।
– चाया हराइसकेपछि प्रयोग गरिरहेको सेम्फू लगाउन छोड्दा फेरि आउने सम्भावना रहन्छ ।
– सेम्फूमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्नुपर्छ ।
– सेम्फू प्रयोग गर्नुभन्दा पहिले पाप्राहरु उप्काउनुपर्छ ।
– सेम्फू कम्तिमा पाँच मिनेटसम्म लगाउनुपर्छ । चाया नियन्त्रण नहुन्जेल दिनहँु तथा नियन्त्रण भइसकेपछि हप्तामा दुई–तीन पटक प्रयोग गर्नु उपयुक्त हुन्छ ।
– सेम्फू लामो समयसम्म प्रयोग गरिसकेपछि सेम्फू प्रभावशाली नहुन पनि सक्छ । यस्तो अवस्थामा सेम्फू बदल्नु उचित हुन्छ ।
– व्यक्तिगत सरसफाइमा उचित ध्यान दिनुपर्छ ।
– स्वस्थ छालाका लागि भिटामिनयुक्त साग–पात तथा फलफूल प्रसस्त मात्रामा खानुपर्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology