२०७३ फाल्गुण १२ बिहीबार
सोलुखुम्बु । सोलुखुम्बुको गुदेल गाविसमा हिमाली खरायो मृत भेटिएको छ ।
लोपोन्मुख सूचीमा रहेको खरायो जङ्गलमा घाँस काट्ने क्रममा मंगलबार मृत भेटिएको गुदेलको स्थानीय सामुदायिक बनका अध्यक्ष नुरु शेर्पाले जानकारी दिए ।
खैरो रङ्गको यस प्रकारको खरायो केही वर्षअघि त्यस क्षेत्रमा एक जोडीको सङ्ख्यामा देखिएको स्थानीयवासीले बताएका थिए । हिमाली क्षेत्रमा पाइने यो खरायो विश्वमा लोपोन्मुख सूचीमा राखिएको छ । खैरो रङ्गको हिमाली खरायो भेटिएको सम्बन्धमा अध्ययन गर्ने जिल्ला वन कार्यालय सोलुखुम्बुले जनाएको छ । रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology