• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महिनौँपछि महोत्तरीमा औषधि आयो

महिनौँपछि महोत्तरीमा औषधि आयो


समायोजन खबर
  • सोमबार, माघ २४ २०७३

  •  

    गौशाला, माघ २४ गते । महिनौँदेखि औषधि अभाव रहेको महोत्तरी जिल्लामा औषधि आएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा मनिष पाण्डेका अनुसार महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि रु १८ लाखभन्दा बढीको औषधि आएको छ ।

    डा पाण्डेले प्राप्त औषधिले अब जिल्लाको विभिन्न स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने तथा थप औषधि आपूर्तिका लागि आफूहरु पुनः प्रयासरत रहेको र चाँडै आउने बताउनुभयो । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा पाँच महिनादेखि औषधिको अभाव रहेको थियोे ।

    साथै प्राप्त औषधिहरु माघको अन्तिमसम्म जिल्लाको प्रत्येक स्वास्थ्य संस्थामा पुगिसक्ने र सेवाग्राहीले अब थप समस्या झेल्नु नपर्ने डा पाण्डेले बताउनुभयो । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology