• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन जना मिलेर यसरी जन्मियो एउटा बच्चा

तीन जना मिलेर यसरी जन्मियो एउटा बच्चा


समायोजन खबर
  • सोमबार, माघ १७ २०७३

  • युक्रेन – युक्रेनमा तीन व्यक्तिको आइवीएफ (इन विट्रो फर्टिलाइजेशन) बाट एक बच्चाको जन्म भएको छ । जुन जोडीको बच्चा भएको हो, उनीहरु बच्चा जन्माउन असमर्थ थिए ।

    ‘द टाइम्स’ मा प्रकाशित रिपोर्टका अनुसार युक्रेनको राजधानी किएभमा डाक्टरहरुले जुन प्रक्रियाको प्रयोग गरे त्यसलाई ‘प्रोन्युक्लियर ट्रान्सफर’ भनिन्छ । यद्यपि, यो प्रक्रियाबाट अहिलेसम्म कुनै बच्चाको जन्म भएको थिएन ।

    आइवीएफ प्रजनन महिलाको शरीर बाहिर सम्पन्न हुन्छ । यसमा महिलाको अण्डाणुलाई सर्जरी गरेर बाहिर निकालिन्छ र प्रयोगशालामा पुरुषको शुक्रकिटको माध्यमबाट प्रजनन गरिन्छ ।

    यो बच्चाको जन्म गत जनवरी ५ मा भएको बताइन्छ ।

    यसलाई दोस्रो ‘आधुनिक ती अभिभावकको बच्चा’ भनिएको छ । गत वर्ष मेक्सिकोमा पनि तीन जना मिलेर बच्चा जन्माइएको थियो । तर, त्यसको प्रक्रिया भने फरक थियो ।

    ती महिला जेनेटिक गडबडीबाट पीडित थिइन् । उनलाई माइटोकन्ड्रिया थियो । यस्तोमा डाक्टरहरुले उनलाई सहयोग गर्न तीन व्यक्तिको आइवीएफको विकास गरे । जसले गर्दा स्वास्थ बच्चाको जन्म होस् । अस्वस्थ माइटोकन्ड्रियाबाट पीडित महिलाको अण्डाणुलाई एक स्वस्थ महिला डोनरको अण्डाणुसँग एकत्रित गरियो ।

    यसरी तीन व्यक्तिको डिएनएबाट एउटा बच्चाको जन्म भयो । यसमा बच्चाको मातापिताको साथै अण्डाणु दान गर्ने डोनरको पनि योगदान रह्यो ।

    किएभको नाडिया क्लिनिक यसको प्रयोग गरेर एक निसन्तान दम्पतिलाई सन्तानको सुख दिन सफल भयो । माइटोकन्ड्रियलबाट पीडित जोडीले बच्चा जन्माउन असमर्थ हुन्छन् ।

    बेलायतका विशेषज्ञहरुले यसलाई उच्चस्तरीय प्रयोगको संज्ञा दिएका छन् । यस प्रक्रियाको अगुवाई गरिरहेका वलेरी जुकिनले यसलाई परम्परागत आइवीएफबाट बच्चा जन्माउन असफल दम्पत्तिका लागि खुसीको खबर भएको बताएकी छन् ।

    उनले यस्तै अर्को दम्पत्तिले मार्चमा बच्चा जन्माउन लागेको पनि जानकारी दिइन् । बेलयातमा पनि माइटोकन्ड्रियल बिरामीबाट पीडितहरुलाई पनि आइवीएफ प्रयोग गर्न अनुमति रहेको छ। बेलयातमा यसका लागि कानुन ने बनाइएको छ । यद्यपि, बेलायतमा यस्तो प्रक्रियाबाट हालसम्म बच्चा भने जन्माइएको छैन ।


    यो नयाँ र विवादीत विज्ञान हो । यसबारे कयौँ नैतिक प्रश्नहरु पनि उठाइएको छ । तीन जनाको डिएनएबाट जन्मिएको बच्चाले कस्तो महसुस गर्ला भनेर अधिकारवाहीहरुले कुरा उठाइरहेका छन् ।

    बेलयातका फर्टिलिटी सोसाइटीका प्रोफेसर एडम बेलनले भने, ‘प्रोन्युक्लियनर ट्रान्सफल एक उच्चस्तरीय प्रयोग हो । यसको वैज्ञानिकरुपमा अहिले नै मूल्यांकन गर्न सकिँदैन । यसलाई अपनाउन हामीले आइवीएफको सुधारमा आउने नतिजासँग सर्तक रहनुपर्छ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology