Samayojan khabar

Advertisment

SKIP THIS

सगरमाथाको उचाईं नाप्ने भारतको तयारी, नेपाल सरकारलाई थाहा छैन !

सगरमाथाको उचाईं नाप्ने भारतको तयारी, नेपाल सरकारलाई थाहा छैन !




काठमाडौं, १७ माघ — भारतीय सर्वेक्षण विभाग (सर्भे अफ इन्डिया) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईं फेरि नाप्ने तयारी गरिरहेको भारतको एक सरकारी समाचार संस्थाले जनाएको छ ।

त्यहाँको समाचार संस्था पिटीआईले भूकम्पका कारण सगरमाथाको उचाईं तलमाथि परेको हुन सक्ने भएकोले उचाईं फेरि नाप्न लागिएको जनाएको छ ।

सर्वेको लागि एउटा टोली नेपाल पठाउने तयारीसमेत भएको सो समाचारमा जनाइएको छ । सन् १८५५ मा सर्वे अफ इन्डियाले नै सगरमाथाको उचाईं नापेको थियो । सोही नापीअनुसार अहिले पनि सगरमाथाको उचाईं मान्ने गरिएको छ ।
सगरमाथाको उचाईंका विषयमा विभिन्न थरी रिपोर्टहरू बाहिर आएको भएपनि नेपालले ८ हजार ८ सय ४८ मिटरलाई नै मानक मानेको छ । भारतको नापी विभागका प्रमुख स्वर्ण सुब्बा राओले नेपालमा सगरमाथाको उचाईं नाप्नका लागि टोली पठाउने तयारी भएको बताएका छन् ।

राओले सर्भे टोली नेपाल पठाउन आवश्यक तयारी भइरहेको बताए । उनले नेपालका नापी प्रमुखसँग कुराकानी भएको जनाएका छन् । आउँदो दुई महिनाभित्रमा सगरमाथाको उचाईं नाप्नका लागि टोली पठाउने राओको भनाइ छ ।

सरकारलाई थाहै छैन

पर्यटन मन्त्रालयले भने सगरमाथाको उचाईं नाप्नेबारे आफूहरूसँग कुनैपनि समन्वय वा सहकार्य नभएको जनाएको छ । ‘सगरमाथाको उचाईं नाप्ने विषयमा त पर्यटन मन्त्रालयसँग सहकार्य हुनुपर्ने हो,’ पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले लोकान्तरसँग भने, ‘तर अहिलेसम्म हामीलाई कुनै पनि जानकारी आएको छैन ।’ उनले नेपाल सरकारसँग सहकार्य नगरी सगरमाथाको नापी हुन नसक्ने बताए ।

सामान्य कुरा उठेको मात्र हो : नापी विभाग

नापी विभागका महानिर्देशक कृष्णराज बिसीले नेपाल र भारतबीचको नापी सम्बन्धी बैठकका क्रममा भारतीय पक्षले सगरमाथाको उचाईं नाप्ने बारेमा सामान्य कुरा मात्र उठाएको लोकान्तरलाई बताए ।

‘दुई देशका नापी अधिकारीहरूको संयुक्त बैठकमा भारतले सगरमाथाको नयाँ नाप लिने सामान्य कुरा उठाएको थियो । त्यसपछि कुनै प्रक्रिया अघि बढेको पनि छैन र भारतीय पक्षबाट त्यसका लागि औपचारिक अनुरोध आएको
पनि छैन,’ महानिर्देशक बिसीले बताए ।

पीटिअाइमा प्रकाशित समाचार

भारतीय पक्षबाट औपचारिक पत्र आएपछि नेपाली पक्षले त्यसमा छलफल गर्ने र निचोडमा पुग्नसक्ने उनको भनाइ छ ।

नापी विभागका सूचना अधिकारी अनिल मरासिनीले पनि सगरमाथाको उचाईं नाप्ने विषयमा भारतसँग औपचारिक छलफल नभएको बताए ।

‘हामीले आएर नापिदेउ भने मात्रै उसले उचाईं नाप्ने हो, यसै त कसरी नाप्न सक्छ र,’ उनले  भने, ‘औपचारिक रूपमा सगरमाथाको उचाईं नाप्ने विषयमा कुनै पनि छलफल र गृहकार्य भएको छैन ।’ ( लोकान्तर)

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology