Samayojan khabar

Advertisment

SKIP THIS

(ल्होसर) टोक्योमा भब्यताका साथ सम्पन्न ।

(ल्होसर) टोक्योमा भब्यताका साथ सम्पन्न ।




टोकियो जापानमा रहेका घलेहरुको साझा संस्था लि: ल फङ (घले समाज) समाजको आयोजनमा जनवरी १५ तारिक (माघ १ गते )बिभिन्न कार्यकमगरी घले नयॉ वर्ष ल्होसरको सम्पन्न भएको छ । लि:ल फङ घलेसमाज जापान गठन भएको एक बर्ष पुरा भएको तथा जापानमा रहेको संघ संस्थाहरु विच भाईचारा सम्बन्ध बढाउने उदेष्यले विविध सांस्कृतिक कार्यकम सहित शुभकामना आदन प्रदान गरि यस बर्षको नयॉ बर्ष ल्होसर समाजसेवी बिजय थकालिको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ल्होसरको उद्धाटन गर्दै थकालिले समाज समाजको एकताले मौलिक संस्कृति ज़र्गेर्न गदै प्रवासमा नेपालि नेपालिका विच एकता हुनु पर्नेमा जोड़ दिनु भयो । घले समाज जापानका अध्यक्ष पूर्ण बहादुर घलेको सभापतित्वमा सम्पन्न भएको ल्होसर कार्यकममा कार्यकमको संयोजक मनोज घलेले स्वागत तथा मोहन घलेले संचालन गर्नु भएको थियो । ल्होसरलाई भब्यतका साथ सम्पन्न गर्न मनोज घलेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको थियो । लि:ल फङ घलेहरुको नयॉ बर्ष ल्होसारमा जापानका गुन्मा,ईवराकि,खानागावा,सेन्दाई,साईतामा, नागोया लगायत स्थानहरुबाट घले परिवर सहित जापानमा कूयसिल संघ संस्थाको सहभागिताको समाजका अध्यक्ष पुर्ण बहादुर घलेले बताउनु भयो ल्होसर कार्यकम यहि जनवरी १५ तारिक सिनओकुबो स्थित टोक्यो रोधि घरमा सम्पन्न भएको हो ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology