समायोजन खबर खोटाङ,
जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आजदेखि नागरिकसँग सम्वाद सुरु गर्दै हुनुहुन्छ । प्रत्येक साताको शुक्रबार दिउँसो १२ देखि १ बजेसम्म हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने तयारी छ । त्यसको सुरुवात आजैबाट हुने उर्जा मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिनुभयो ।
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र मातहतका विद्युत प्राधिकरण र विद्युत विकास विभाग लगायतका सेवाबारे उपभोक्ताको गुनासो सुन्न र यसबाट प्रभावकारी रुपमा सेवा प्रदान गर्नका लागि यो कार्यक्रमको सुरुवात भएको बताइएको छ । खड्काका अनुसार एक घन्टाभित्र उर्जामन्त्रीसँग निःशुल्क हटलाइन नम्बर ११५१ का साथै ०१–४२००६४१र४२ मा समेत प्रत्यक्ष कुराकानी गर्न सकिनेछ । हटलाइनमार्फत् गरिएका गुनासाहरू तत्काल सबोधन गरिने जनाइएको छ । त्यसकालागि सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिइने समेत बताइएको छ ।
२०७५ साउन १८ गते बिहान ९ : ४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology