खोटाङ समायोजन खबर,
धनकुटाको भेडेटार नजिक एक होटलमा होटल मजदुरबीच भएको झगडामा एक यूवाको ज्यान गएको छ । साँगुरीगढी गाउँपालिका ६ मा रहेको होटल माउण्ट एभरेष्टमा कार्यरत २ कर्मचारी बीच झगडा हुंदा सोहि गाउँपालिका वडा नं ६ का बर्ष १८ का सुरज राईको मृत्यु भएको हो ।
कामदार मात्र भएको अबस्थामा आपसी बिवाद हुंदा सुनसरी चकरघटीका १९ बर्ष का निशान लिम्बुले गरेको धारिलो हतियारको प्रहारबाट राईको मृत्यु भएको भेडेटार प्रहरीले जनाएको छ । टाउकोमा गम्भिर चोट लागेका राईको घटना स्थलमा नै मृत्यु भएको भेडेटार प्रहरीका
प्रहरी नायव निरीक्षक मेम बहादुर बस्नेतले जानकारी दिनुभयो । बिहिबार बिहान करिव ९ बजे तिर भएको उक्त घटनामा पछि राईको सनाखत भईरहेको र दोषी लिम्बुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
२०७५ साउन १० गते साँझ ६ : ३५ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology