• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काव्य उत्सबका सफलताका एक बर्ष

काव्य उत्सबका सफलताका एक बर्ष


समायोजन खबर
  • सोमबार, बैशाख ३१ २०७५


  •  

    समायोजन खबर ३१ बैशाख काठमान्डाै

    ‘काव्य उत्सब’ अनेसास नेपाल च्याप्टरको उपसमितिको रुपमा गत बर्षको जेष्ठ २७ गते शनिबार गठन भएको एउटा स्रष्टा भेटघाट तथा रचना वाचनको साहित्यिक
    कार्यक्रम हो । अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष एबम् नेपाल च्याप्टरका अध्यक्ष कवि राधेश्याम लेकाली र अनेसास बिओटी सदस्य एवम् कवि ऋषि बरालले
    नेपाली साहित्यमा नयाँ आयाम थप्ने अभिप्रायले यो काव्यिक श्रृङ्खलाको
    उद्घाटन गर्नु भएको हो ।यो उत्सबको उद्धेश्य भनेको नयाँ र पुरानास्रष्टाहरुबीचमा सेतुको काम गर्ने एवम् नेपालमा विद्यमान प्रचलनमा रहेका विभिन्न भाषामा लेखिएका साहित्यिक सृजनाहरुलाई सुन्ने बिमर्श गर्ने तथा नेपाली साहित्य हिजो आज र भोलिका बारेमा श्रृङ्खलात्मक रुपमा चर्चापरीचर्चा गर्ने हेतु समेत हो । काव्य उत्सबका संयोजकमा ऋषि बराल हुनुहुन्छ भने सहसंयोजक पुष्पा खनाल र सदस्यहरुमा रञ्जना निरौला, पारीजात भण्डारी र शान्ता बुढाथोकी बस्नेत हुनुहुन्छ । कार्यक्रम हरेक महिनाको अन्तिम शनिवार काठमाण्डौको बालुवाटारमा रहेको जापानिज उरुतोरा रेष्टुरेण्टमा आयोजना हुने गर्दछ ।

    बाह्रौ श्रृङ्खला सम्म आइपुग्दा देशका स्वनाम धन्य कवि एवम् कवयत्रिहरु, साहित्यकारहरुको साथ यस उत्सबले पाएको छ । वहाँहरुका विचार, अनुभव, सिर्जनाका अनुभूतिलाई यसरी बाड्नु भयो कि यो काव्य उत्सबलाई आजसम्म गर्विलो र उच्च शीर गर्दै नयाँ भविष्यतिर लम्किन हौसला मिलेको छ । यति मात्र नभै सिर्जनशिल हातहरुले एउटा स्तरीय मञ्च पाएर आफूलाई स्थापीत भएको
    महशुस समेत गर्नुभएको अनुभव हामीले यो श्रृङ्खलाको दौरानमा गर्यौ जुन काव्य उत्सबको ठुलो सम्पतीको रुपमा रहिरहने छ । काव्य उत्सबले आगामीदिनमा स्रष्टाका मनमा सुनौला छापहरु छोड्दै जानेछ र नेपाली वाङ्मयको इतिहासमा कोशे ढ्ङ्गा सावित हुनेछ भन्ने कुरामा बिश्वास लिन सकिन्छ ।

    २०७५ साल बैशाख २९ गते शनिबारको बाह्रौ श्रृङ्खला पनि तोकिएको समयमानैसबै स्रष्टाहरु भेलाभएर तोकिएको समयमा समापन भएको थियो । कार्यक्रममा
    बरिष्ठ निवन्धकार, नियात्राकार एबम् कवि मञ्जुल नेपालको प्रमुख आतिथ्यता रहेको थियो भने गोपाल अस्क र पवन आलोक अतिथिको रुपमा मञ्चासिनहुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता काव्य उत्सबका संयोजक ऋषि बरालले
    गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एवम् उद्घोषण पुष्पा खनालले गर्नुभयो । कार्यक्रमको दैलो उघार्ने काम स्रष्टा बिमला अधिकारीको गीतबाट गर्नुभयाे  भने क्रमैसँग कवि÷गीतकार प्रकाश सुवेदी, नियात्राकार एवम् कविमोहनचाँपागाई,गजलकार÷मुक्तककार शुशिला खड्का हसिना, सर्जक शान्ता बुढाथोकीबस्नेत, गीतकार पुष्पा खनाल, कवयत्रि गीता मैनाली, सर्जक अर्जुन थापा,कवयत्रि सुस्मिता नेपाल, सर्जक मेनका लामा, गीतकार एवम् हाइकुकार किरणपौडेल, मुक्तककार एवम् कवि डा. यादब भट्टराई लगायतले आफ्ना गीत, गजल,हाइकु, मुक्तक, कविता सुनाउनु भयो भने गजलकार गोपाल अस्कले हिन्दी मैथली र नेपाली भाषामा लेखिएका मुक्तक र गजलका अवस्थाका बारेमा जानकारी गराउनुका साथै भाषा जुनसुकै चयन भएपनि नेपाली सुगन्ध आउने गरी लेखिएका रचनाहरुले नेपाली पाठक र श्रोताको मन जित्न सक्ने कुरा बताउँदै आफ्ना गीत र मुक्तकहरु सुनाउनु भएको थियो । त्यस्तै नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले काव्य उत्सबले सफलता पूर्वक वाह्रौं श्रृङ्खला सम्पन्न गरेकामा बधाइ ज्ञापन गर्दै काव्य उत्सब समितिलाई यसको अनन्त यात्राकोशुभेच्छा समेत दिनुभएको थियो भने आफ्नो कविता वाचन गर्नु भएको थियो ।

    प्रमुख अतिथि मञ्जुल नेपालले आफूले नेपाली साहित्यको उन्नयन र श्रीबृद्धिमा गरेका विभिन्न कालखण्डका कहानीहरु रोमाञ्चक रुपमा सुनाउदै बाल्यकालमा शङ्खत्रो चोर्न जाँदा भोगेका समस्यालाई जस्ताको तस्तै कविताको रुपमा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका सदस्य एवम् साँस्कृतिक उपसमिति संयोजक राजन के.सी.को समेत उपस्थिति रहेको थियो । अन्त्यमा कार्यक्रमको समापन मन्तव्य राख्दै काव्य उत्सबका संयोजक
    ऋषि बरालले कार्यक्रमको महत्व, उद्धेश्य माथी प्रकाश पार्नु भएको थियो ।
    वहाँले मई ११देखि १३, २०१८मा अमेरीकामा भइरहेको अनेसासको च्याप्टर सम्मेलनको सफलताको लागि अनेसासका अध्यक्ष पदम बिश्वकर्मा लगायत अमेरीकामा
    कार्यक्रममा सहभागी सवै सदस्यहरुलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।काव्य उत्सवलाई सफलता पूर्वक बाह्रौ श्रृङ्खलासम्म ल्याइपुर्याउन अहम् भुमिका निर्वाह गर्ने अनेसासका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली,अनेसासका उपाध्यक्ष प्रकाश पौडेल माइला एवम् प्रत्यक्ष परोक्ष सहयोगी हातहरुलाई धन्यबाद् दिदैं ऋषि बरालले आफ्ना रचना वाचन गरी कार्यक्रमको बिट मार्नु भएको थियो ।

    अन्त्यमा उरुतोरा जापानिज रेष्टुरेण्टमा बनेको जापानी खानाको रस्वस्वादन र सबै स्रष्टाहरुको सामूहिक फोटोसेसनसँगै कार्यक्रम समापन भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology