• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संसारका पुराना १० विश्वविध्यालयहरू

संसारका पुराना १० विश्वविध्यालयहरू


समायोजन खबर
  • मंगलबार, बैशाख १८ २०७५

  • अक्सफोर्ड विश्वविद्यालय
    स्थान : बेलायत
    स्थापना : सन् १०९६
    यो विश्वविद्यालयका पूर्वविद्यार्थीको सूचीले चकित पार्छ । बेलायतका २७ प्रधानमन्त्री, प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङसहित ४७ नोबेल पुरस्कार विजेता यही विश्वविद्यालयका पूर्वविद्यार्थी हुन् । यो संसारका उत्कृष्ट विश्वविद्यालयमा छैटौँ स्थानमा छ ।

     

    सालमान्का विश्वविद्यालय
    स्थान : म्याड्रिड, स्पेन
    स्थापना : सन् ११३४
    म्याड्रिडको पश्चिममा अवस्थित सालमान्का विश्वविद्यालय सन् ११३४ मा स्थापना भएको थियो । यसअन्तर्गतका नौ क्याम्पसमा ३० हजार विद्यार्थी अध्ययनरत छन् । यो उत्कृष्ट विश्वविद्यालयको सूचीमा ६०१ स्थानमा छ ।

    बोलोङ्या विश्वविद्यालय
    स्थान : बोलोङ्या, इटाली
    स्थापना : सन् १०८८
    ‘न्युरिसिङ मदर अफ द स्टडिज’ नारा दिएको बोलोङ्या विश्वविद्यालयलाई संसारकै पुरानो विश्वविद्यालयका रूपमा लिइन्छ । लामो समयसम्म विद्यावारिधिमा मात्रै अध्यापन गराउने यो विश्वविद्यालयले अहिले भने सबै तहको पढाइ गराउँदै आएको छ । यो विश्वविद्यालयमा ८४ हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । क्युएसको संसारका उत्कृष्ट विश्वविद्यालयको सूचीमा १८८औँ स्थानमा छ ।

    पेरिस विश्वविद्यालय
    स्थान : फ्रान्स
    स्थापना : सन् ११६०
    फ्रान्सको राजधानी पेरिसमा स्थापना भएको यो विश्वविद्यालय युरोपका पुराना विश्वविद्यालयमा पर्छ । फ्रान्सेली क्रान्तिताका सन् १७९३ र सन् १८९६ को बीचमा बन्द पनि गरिएको थियो । अहिले यो १३ वटा छुट्टाछुट्टै विश्वविद्यालयका रूपमा रहेको छ ।

    क्याम्ब्रिज विश्वविद्यालय
    स्थान : बेलायत
    स्थापना : सन् १२०९
    राजनीतिक कारणले अक्सफोर्ड विश्वविद्यालय छोडेको एक समूहले नै क्याम्ब्रिज विश्वविद्यालय स्थापना गरेका हुन् । अहिले यो विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा पाँचौँ स्थानमा छ । यसमा १९ हजार ६६० विद्यार्थी अध्ययनरत छन् ।

    पडुआ विश्वविद्यालय
    स्थान : इटाली
    स्थापना : सन् १२२२
    अहिले २९६औँ स्थानमा रहेको यो विश्वविद्यालय सन् १२२२ मा स्थापना भएको थियो । यो कानुन, चिकित्सा र दर्शनका लागि उत्कृट विश्वविद्यालय मानिन्छ । यहाँ ६१ हजार विद्यार्थी अध्ययनरत छन् । यसअन्तर्गत नै नौवटा म्युजियम छन् ।

    नेपल्स फेडेरिको–२ विश्वविद्यालय
    स्थान : इटाली
    स्थापना : सन् १२२४
    रोमन साम्राज्यका राजा फेडेरिक द्वितीयको नामबाट नेपल्स फेडेरिको–२ विश्वविद्यालय सन् १२२४ मा स्थापना गरिएको हो । इटालीको सबैभन्दा ठूलो र पुराना यो विश्वविद्यालयमा एक लाख विद्यार्थी अध्ययनरत छन् । यो संसारका विश्वविद्यालयको सूचीमा ४८१ स्थानमा छ ।

    सिअना विश्वविद्यालय
    स्थान : इटाली
    स्थापना : सन् १२४०
    इटालीको सिअना सहरमा अवस्थित सिअना विश्वविद्यालय नाम चलेका पुराना विश्वविद्यालयमध्ये एक हो । यहाँ २० हजार विद्यार्थी अध्ययनरत छन्, जुन सिअना सहरको जनसंख्याको आधा हो । यो सहरमा वर्षेनी एक लाख ६० हजार पर्यटक आउने गर्छन् ।

    कोइम्ब्र विश्वविद्यालय
    स्थान : पोर्चुगल
    स्थापना : सन् १२९०
    संसारका विश्वविद्यालयको सूचीमा ४०१ स्थानमा रहेको कोइम्ब्र विश्वविद्यालय सन् १२९० मा स्थापना भएको थियो । यहाँ २४ हजार विद्यार्थी अध्ययनरत छन् । सन् २०१३ मा युनेस्कोले यो विश्वविद्यालयलाई पुरातत्व सम्पदाको सूचीमा राखेको छ ।

    अल–अजहर विश्वविद्यालय
    स्थान : इजिप्ट
    स्थापना : सन् ९७०
    सन् १९६१ सम्म विश्वविद्यालयको मान्यता नपाएको भए पनि यो विश्वविद्यालय ९७० मै स्थापना भएको थियो । सुरुवातमा मदरसाका रूपमा रहेको यो विश्वविद्यालय अहिले संसारका उत्कृष्ट विश्वविद्यालयको सूचीमा ८०१ स्थानमा रहेको छ । (एजेन्सीको सहयोगमा)

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology