पबन राई खोटाङ, प्रकाशित एसईई नतिजा अनुसार खोटाङ जिल्ला टप अभय सिंह भएका छन्। दिक्तेल इङलिस सेकेण्डरी बोर्डिङ स्कुलबाट एसर्ईई दिएका सिंह ३.९५ जीपीए ल्याएर जिल्ला टप भएका हुन्।
सिराहको कल्याणपुर–१२ बेल्हाका सिंह जिल्ला प्रथम हुँदा सोही विद्यालयमा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका आयुस खनाल ३.९२ जीपीए ल्याएर जिल्ला दोश्रो र सोही विद्यालयमा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुडेका रोजन थापा ३.९१ जीपीए ल्याएर जिल्ला तेश्रो भएका छन्।
सो बोर्डिङबाट ४४ जना विधार्थीले एसईई परीक्षा दिंदा ४० जनाले ए प्लस र चार जना ए ग्रेडमा उर्तिण भएका छन्। एसईई परीक्षामा सहभागी १०५ वटा विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट जीपीएसहित सतप्रतिशत विधार्थी उर्तिण गराएर बोर्डिङ पनि जिल्ला टप बनेको छ।
यस्तै, सामूदायिक विद्यालयतर्फ सरस्वती मावि दिक्तेलकी दीपिका श्रेष्ठ ३.८६ जीपीए ल्याएर जिल्ला प्रथम बनेकी छन्। त्रिभुवन मावि ऐसेलुखर्ककी स्पन्दना राई ३.८३ जीपीए ल्याएर जिल्ला दोश्रो भईन्। सरस्वती मावि दिक्तेलकै डेनिशा अधिकारी ३.८२ जीपीए ल्याएर तेश्रो भएकी छन्।
मनोकामना जनकल्याण मावि निर्मलीडाँडा, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेल, पञ्च मावि दिक्तेल, दिक्तेल इङलिस सेकेण्डरी बोर्डिङ स्कुल दिक्तेल, सावित्रा मावि बाम्राङ, धिप्लुङ मावि सेम्मा छितापोखरी, शान्तोदय मावि ज्यामिरे, सिंहदेबी मावि बोपुङ, शान्ति मावि प्वाँला टेम्मा, ज्योति मावि जालपा, हिलसाइड स्याम्पल एकेडेमी दिक्तेल, हिमालय मावि सोल्मा र युमि स्कुल हलेसीले सतप्रतिशत विधार्थी उर्तिण गराएको छ।
हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको जनता माविले परीक्षामा सहभागी १२ जना विधार्थीमा एकैजना उर्तिण नगराएर निल खाएको छ। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तीर्थबहादुर बिकका अनुसार साधारणधारतर्फ दुई हजार ४५२ विधार्थीले परीक्षा दिंदा एक हजार ६५५ जना(६७.४९ प्रतिशत) उर्तिण भएका छन्। प्राविधिकधारतर्फ १५४ जना विधार्थीले परीक्षा दिंदा ५० जना(३२.४६ प्रतिशत) विधार्थी उर्तिण भएका छन्।
साधारणधारतर्फ अवर्गीकृत(ननग्रेड) ७९७ जना र प्राविधिकधारतर्फ १०४ जना अवर्गीकृत(ननग्रेड)भएका छन्। उनीहरुले १ असारदेखी ग्रेडबृद्धिको परीक्षा दिन पाउँनेछन्। गतवर्ष साधारण र प्राविधिकधारतर्फ समग्रमा जिल्लाको उर्तिण प्रतिशत ५४.६९ हुँदा यसपटक उर्तिण नतिजा सुधार भई ६५.४२ प्रतिशत पुगेको छ।
एसईई परीक्षा चैत १९ गतेदेखी २९ गतेसम्म सञ्चालन भएको थियो। यो पटक परीक्षाकेन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो। परीक्षाफल भने २८ बैशाख राति प्रकाशित भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology