समायोजन खबर खोटाङ, एसईईमा खोटाङ जिल्ला प्रथम, दोश्रो, तेश्रो हुने विधार्थीलाई पुरस्कार प्रदान गरिएको छ।
दिक्तेल इङलिस सेकेण्डरी बोर्डिङ स्कुलबाट एसईई दिएर ३.९५ जीपीए ल्याई जिल्ला प्रथम हुने सिराहको कल्याणपुर–१२ बेल्हाका अभय सिंहलाई बोर्डिङले १० हजार प्रदान गरेको छ।
सोही बोर्डिङबाट परीक्षा दिई ३.९२ जीपीए ल्याएर जिल्ला दोश्रो हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका आयुस खनाललाई ७ हजार र सोही बोर्डिङबाट एसईई परीक्षा दिई ३.९१ जीपीए ल्याएर जिल्ला तेश्रो भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुडेका रोजन थापालाई ५ हजार पुरस्कार प्रदान गरिएको प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताउनुभयो।
बोर्डिङबाट ४४ जनाले एसईई परीक्षा दिंदा ४० जनाले ए प्लस र चार जना ए ग्रेडमा उर्तिण भएका थिए। एसईई परीक्षामा सहभागी १०५ वटा विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट जीपीएसहित बोर्डिङकै विधार्थी जिल्ला प्रथम, दोश्रो, तेश्रो हुँदै यही बोर्डिङ जिल्ला टप बनेको छ।
जिल्ला प्रथम, दोश्रो र तेश्रो हुने विधार्थीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिर्थबहादुर बिकले पुरस्कार प्रदान गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology