• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जनता माविलाई दोश्रो पटक निल,दुर्छिम माविबाट सबैभन्दा कम उर्तिण

जनता माविलाई दोश्रो पटक निल,दुर्छिम माविबाट सबैभन्दा कम उर्तिण


समायोजन खबर
  • बिहिबार, बैशाख ३१ २०८३

  • सांकेतिक तस्विर।

    पबन राई खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको जनता माध्यमिक विद्यालयले लगातार दोश्रो पटक पनि एसईई परीक्षाको नतिजामा निल खाएको छ। बैशाख २८ गते राति प्रकाशित एसईई नतिजा अनुसार उक्त विद्यालयदेखी १२ जना विधार्थी परीक्षामा सहभागी हुँदा एकैजना विधार्थी पनि उर्तिण भएनन्।

    यही विद्यालयले शैक्षिक सत्र २०८० को एसईई परीक्षाको नतिजामा पनि निल खाएको थियो। त्यसबेला आठजना विधार्थी परीक्षामा सहभागी हुँदा नतिजा शुन्य भएको थियो। यसपटकको एसईई परीक्षामा सयवटा सामूदायिक र पाँचवटा संस्थागत विद्यालय सहभागी भएको थियो। सामूदायिक विद्यालयतर्फ सबैभन्दा कम हलेसीकै दुर्छिम माविले विधार्थी उर्तिण गराएको छ। दुर्छिम माविबाट २३ जना विधार्थीले एसईई परीक्षा दिंदा दुईजनाले मात्रै उर्तिण गरेका छन्।

    नतिजा अनुसार परीक्षामा सहभागी १०५ विद्यालयमध्ये १३ वटा विद्यालयले मात्रै सतप्रतिशत विधार्थी उर्तिण गराएको छ। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तीर्थबहादुर बिकका अनुसार साधारणधारतर्फ दुई हजार ४५२ विधार्थीले परीक्षा दिंदा एक हजार ६५५ जना ६७.४९ प्रतिशत र प्राविधिकधारतर्फ १५४ जना विधार्थीले परीक्षा दिंदा ५० जना ३२.४६ प्रतिशत विधार्थी उर्तिण भएका छन्।

    गतवर्ष साधारण र प्राविधिकधारतर्फ जिल्लाभर ५४.६९ प्रतिशत विधार्थी उर्तिण हुँदा यसपल्ट जिल्लाभर ६५.४२ प्रतिशत विधार्थी उर्तिण भएका छन्।
    यी हुन् सतप्रतिशत विधार्थी उर्तिण हुने विद्यालय
    मनोकामना जनकल्याण मावि निर्मलीडाँडा, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेल, पञ्च मावि दिक्तेल, दिक्तेल इङलिस सेकेण्डरी बोर्डिङ स्कुल दिक्तेल, सावित्रा मावि बाम्राङ, धिप्लुङ मावि छितापोखरी, शान्तोदय मावि ज्यामिरे, सिंहदेबी मावि बोपुङ, शान्ति मावि प्वाँला टेम्मा, ज्योति मावि जालपा, हिलसाइड स्याम्पल एकेडेमी दिक्तेल, हिमालय मावि सोल्मा र युमि स्कुल हलेसीले सतप्रतिशत विधार्थी उतीर्ण गराएको छ।
    यो पनि पढ्नुहोस,एसईईमा जिल्ला टप भए अभय,सामूदायिक विद्यालयतर्फ दीपिका 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology