सजिना तामाङ/समायाेजन खबर डटकम
कला युवती हो जुन सुन्दर हुन्छ । कला भावना अनि विचारको संगम हो जसको समायोजनले नै मान्छेको मनलाई छोइदिन्छ र सम्झना वनेर रहिरहन्छ । देशी होस् या विदेशी त्यस देशको भाषा , संस्कृति, रितिरिवाज तथा चालचलन वुझ्न फिलिम अर्थात् चलचित्रले ठूलो भूमिका निभाएको हुन्छ । किनभने चलचित्र निर्माण एउटा गहन विषय हो । जसमा देश तथा समाजमा घट्ने घटना, संस्कार र संस्कृतिमा आधारित रहेर त्यस देशको जाती जनजाती तिनीहरुको रहनसहन सहितको जीवन व्यवहारलाई चलचित्रमा उतारिएको हुन्छ ।

त्यसको साथ साथै विद्यमान समाजिक घटना , मान्छे विचको प्रेमलाइ पनि चलचित्रमा दर्शाउने गरिन्छ । नेपालमा 2072वैशाख 12गते अर्थात् 2015 April 25 मा गएको विनाशकारी भूकम्पलाई आधार वनाएर निर्माण गरिएको चलचित्र माइ लव ~ प्रमिस फर काठमाण्डौ यहि April 25 मा टोकियो शहरको नाकानो जेरो हलमा भव्य प्रिमियर सो हुदैछ ।
नेपाली र जापानिज भाषामा निर्माण यस चलचित्र मुख्यतया संधै दिनहुँ जस्तो भूकम्पका झट्का लागिरहने देश जापान विश्वमै आत्याधिक भूकम्प जाने देशको रुपमा चिनिन्छ । तर यहाँ प्रविधिको विकास र भूकम्प प्रतिरोधी घर तथा विल्डिगं निर्माणले गर्दा जोखिम कम देखिन्छ । नेपालमा २०७२ वैशाख १२ को भूकम्पले देशको मौलिक सांस्कृतिक धरोहरहरुको तहस नहस साथै ठूलो धनजनको क्षति हुने गरी गएको भूकम्प को वेला जापानिज रेस्क्यु टीमले गरेको सहयोग अनि नेपाल र नेपाली प्रति देखाएको सद्भाभावलाई राम्रो सँग उतारिएको छ ।
चलचित्रमा गणेश लामा शितल श्रेष्ठ, युइचिइ हयाता , रिव्वोन मिजुतानी प्रमुख भूमिकामा छन् भने सुतरो मचुदा, काजुतोसी तसाका, ताकु मियामोतो, ववि लिम्वु र चैत्य देवी समेतको अभिनय हेर्न पाइन्छ।चलचित्रमा रमेश कोइराला/ संन्जिता चौलागाईको स्वर रहेको छ । कोरियोग्राफी प्रदिप श्रेष्ठ ले गरेका छन भने यसका निर्देशक जापानी भाषाको नेपाली फिल्म
शिरिसको फूल र कठपुतली वनाइसकेका तोक्यो सूचना तथा विज्ञान विश्वविद्यालय का 映像音響メディアचलचित्र तथा आवाज विभाग प्रमुख डाक्टर इतो तोसिअकिले गरेका हुन् । क्रियसन नेपालको व्यानरमा वनेको चलचित्रको स्क्रिप्ट भने तोसिअकि इतोउ र गणेश लामाले लेखेका हुन् । मंसिर २९ (29) अर्थात् December 15 गतेवाट नेपालमा रिलिज भइसकेको चलचित्र जापानमा भने २०७५ वैशाख १२ गते अर्थात् 2018 को April 25 मा टोकियोको नाकानो जेरो हलमा हुदैछ । चलचित्र April र may महिनाभर रिलिज हुने कुरा चलचित्रका निर्देशक तोसिअकि इतोउले जानकारी गराउनुभयो ।
२०७२को वैशाख १२ को भूकम्पमा आधारित यो चलचित्रले भोलीवादवाट ग्रसित नेपाली समाजको चरित्रलाइ यथार्थ रुपमा उजागार गरिएको छ । वेलामा सचेत नहुने र न्याउरी मरी पछुतो को उखनसंग पनि मेल खाएको यसको उद्धेश्य समयमा नै सचेतता अपनाउन सके प्राकृतिक विपत्तीवाट वच्न सकिन्छ भन्ने सन्देश पनि दिन खोजिएको छ । एक पटक सवैले हेरौँ । हेरेर साथ दिऔँ र इतिहाँसको साक्षी वनौ सवैलाई मेरो अनुरोध ७२ को भूकम्पका प्ररत्यक्ष र अप्रत्यक्ष सहभागीहरुले पक्कै आफूलाइ एकपटक सामेल भएको पाउनुहुनेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology