• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार महासंघको ६३ औँ स्थापना दिवस

पत्रकार महासंघको ६३ औँ स्थापना दिवस

‘विकास र समृद्धिको पक्षमा कलम चलाऊ’


समायोजन खबर
  • शुक्रबार, चैत्र १६ २०७४

  • समायोजन खबर चैत्र/ १६ काठमाडौँ,

    नेपाल पत्रकार महासंघले देशको विकास र समृद्धिको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ ।  महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा सञ्चार माध्यमलाई राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै सत्यतथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न आग्रह गरेका छन् ।

     

    नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै उनले राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई कार्यान्वयन गदै सोही नीतिअनुरुप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

     

    महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना गर्न समेत सरकारसँग माग गरेको छ ।

     

    यसैगरी, प्रेस काउन्सिलको पुनःसंरचना, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायत माग पूरा गर्न पनि आग्रह गरिएको छ । महासंघले पछिल्ला दिनमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आएपनि अझैपनि दण्डहीनता र ‘सेल्फसेन्सरसीप’को अवस्था कायमै रहेको उल्लेख गरेको छ । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology