सुरुमा त केहि थिएन (ऋण सिन गरी) जापान आए बल्ल
केके नै भए जस्तो गाँऊमा चल्यो हल्ला ।
साथीभाईसँग रातदिन हुनेगर्थ्येा सल्लाह
मत यहाँ सधैभरि परिरहे ट्वाल्ल ।
साथीभाई रमाईलो र मोजमस्तीमा दंग
आफुभने यामातोको भारि संग संग ।
भन्नेगर्छन रे छिमेकीले फलानाको छोराछोरि जापान गाको छरे
घर जग्गा, बैक् ब्या्लेन्स ,जम्मा पार्या छरे ।
भन्नुहुन्थ्येा मेरी आमा ऑंसु झार्दै सुक्कसुक्क्
दु:ख भए फर्किआउ आफ्नै देश खुरूक्क ।
दुनियॉं त राम्रो लाको अनि मोजमस्ती मात्र देख्छन
दु:ख बुझ्ने प्यारी प्यारी आमा मात्रै भेट्छिन् ।
सोध्नुहुन्छ मेरी आमा कहिले आउछौ बाबु
यस्तै प्रश्न सुन्दापो यो मन हुन्छ काबु ।
भन्नुहुन्थ्येा मेरी आमा ऑंसु झार्दै सुक्क्
दु:ख भए फर्किआउ आफ्नै देश खुरूक्क ।
जापान आईयो पढियेासेन्मोन सक्या छ
वेार्किङ भिषामामा चेन्ज गर्नपनि तनाबनै भोग्या छ ।
नाईतेई(内定)पायो भिजा आयो खुसिहुनु पर्ने म
घर जाने टुङगेा छैन कसरी आमालाई सुनाउ म ।
भन्नुहुन्थ्येा मेरी आमा ऑंसु झार्दै सुक्क्
दु:ख भए फर्किआउ आफ्नै देश खुरूक्क ।
आऊनेबेला मिति तोक्न सजिलो रैछ आमा यहॉं
फर्किने मिति तोक्न सार्है गाह्रेा रैछ आमा याहॉं ।
२-४ पैसा कमाएर भबिष्य बनाउने शिलशिलामा
कामको बोझ र थकानले सुतेकै ठॉंउमा अल्बिदा हुँदोरहेछ अ।मा यहाँ ।
आऊनेबेला मिति तोक्न सजिलो रैछ आमा यहॉं
फर्किने मिति तोक्न साह्रै गाह्रेा रैछ आमा यहॉं ।
भन्नुहुन्थ्येा मेरी आमा ऑंसु झार्दै सुक्क्
दु:ख भए फर्किअ।उ आफ्नै देश खुरूक्क ।
कहाबाट प्रगति होस यस्तो नियम अनि
मरिमेटि दु:ख गरि कमाए पैसा पनि ।
केन्कोउ होक्केन, जेईकिन अनि नेन्कीन यावत पनि
कोठाभाडा ,बत्ति पानी, ग्यॉंस बिल पनी छनि ।
जापान आयो ४ बर्ष बित्येा केनै छर मेरो
जान्दाख हेर्दा देख्छु सधैँभरि जेरो ।
भन्नुहुन्थ्येा मेरी आमा ऑंसु झार्दै सुक्क्
दु:ख भए फर्किआउ आफ्नै देश खुरूक्क ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology