• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओखलढुंगामा भारी मतान्तरले सुनुवार विजयी

ओखलढुंगामा भारी मतान्तरले सुनुवार विजयी


समायोजन खवर
  • शनिबार, मंसिर २३ २०७४

  • समायोजन खवर मङ्सिर/ २३ खोटाङ,

    प्रतिनिधिसभा सदस्यमा ओखलढुंगाबाट यज्ञराज सुनुवार भारी मतान्तरले विजयी हुनुभएको छ ।  एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत मतले पछि पार्दै सुनुवार विजयी हुनुभएको हो । खतिवडाले २७ हजार ३ सय २७ मत ल्याउनुभएको छ ।

     

    ओखलढुंगामा सुनुवार र खतिवडा दुबै लोकप्रिय नेता भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर मतगणनाको सुरुवाती अग्रता लिएका सुनुवार अन्ततः फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

    को हुन् यज्ञराज ?

    एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज यज्ञराज सु्नुवार कुनै बेला विद्यार्थी राजनीतिमा सक्रिय थिए । ०५३ मा आर आर क्याम्पस र ०५५ मा महेन्द्र रत्न क्याम्पस ताहाचालको स्ववियु सभापति निर्वाचित भएका सुनुवार अनेरास्ववियुको अध्यक्षमा ठाकृुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिमा आएका थिए ।

     

    ओखलढुंगामा एमालेको तीन कार्यालय पार्टी प्रमुख भएका सुनुवार ०६४ मा ओखलढुंगा १ बाट संविधानसभा सदस्यमा पराजित भए । त्यसपछि उनी ०७० सालमा करीव ३५ सय मतान्तरले कांग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर बिजयी भए ।

     

    २०७० सालमा निर्वाचित भएपछि छोटो समयमा लोकप्रिय भएका नेता सुनुवार सदन र सडकमा जिल्लाको विकास र देशको निकासका लागि लड्ने नेतामा परे र गठबन्धनका साझा उमेद्वार सुनुवार प्रतिस्पर्धी रामहरि खतिवडालाई भारी मतान्तरले पछि पार्दै विजयी भए ।

     

    सुनुवार र खतिवडा दुवै प्रभावाशाली युवा नेताको पहिचान बनाएका नेता हुन् । अब जित भएसँगै सुनुवार संसदमा प्रवेश गर्नेछन् भने पराजित भइसँगै खतिवडा ५ वर्ष संसद बाहिरै रहनुपर्ने भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology