समायोजन खबर खोटाङ, नेपाली कांग्रेस ओखलढुंगाले महासमिति सदस्य सहमतिमै चयन गरेको छ।
लामो छलफल र कसरतपछि २० गते सहमतिमै महासमिति सदस्य चयन गरिएको हो। सहमति नभए चुनाव मार्फत सदस्य चयन गर्नु पर्ने प्रावधान भएका कारण २० गते चुनावको तय गरिएको थियो।
चुनावमा सहमितका आधारमा आवश्यक सदस्यहरुले मात्र मनोनयन दर्ता गरेका थिए। जिल्लाबाट विभिन्न क्लष्टरबाट ११ जना सदस्य चयन गर्नु पर्नेमा ११ जनाले मात्रै मनोनयन दर्ता गरेकाले निर्वाचन निर्विरोध भएको निर्वाचन अधिकृत बोधनारायण कट्वालले जानकारी दिनुभयो।
सदस्य चयनका लागि आपसी समझ्दारीबाट सहमति भएकाले चुनावको तयारी भएपनि सहमतिमै सदस्य चयन गरिएको सभापति तेजन खनाल (तेजेन्द्र) ले जानकारी दिनुभयो। खुल्ला तर्फ खिलानाथ दाहाल, लिलाबल्लभ दाहाल (काका), नविन राई, र बेद बहादुर रोक्का रहेका छन्।
त्यसैगरी महिला खुल्लामा बाला अधिकारी र गोमादेवी केसी, महिला जनजातिमा हेमालक्ष्मी राई रहेका छन्। जनजाति पुरुषमा कुमारबहादुर श्रेष्ठ, खसआर्यमा हरिप्रसाद दाहाल र दलित तर्फ होम बहादुर बि.कलाई सहमतिमा चयन गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology