• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसईईमा गत वर्षको भन्दा राम्रो नतिजा आएको परीक्षा बोर्डको दाबी

एसईईमा गत वर्षको भन्दा राम्रो नतिजा आएको परीक्षा बोर्डको दाबी


समायोजन खबर
  • बिहिबार, असार २१ २०८०

  • समायोजन खबर खोटाङ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बिहीवार बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक भएको हो । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने बताएको छ। बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो।

    विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याएपनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष गत वर्षको तुलनामा राम्रो नतिजा आएको छ। परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले ४ लाख ८४ हजार ९३९ सहभागी विद्यार्थीमध्ये ३.६० बाट ४ जिपीए ल्याउने विद्यार्थीको संख्या गत वर्षको तुलनामा १.९४ प्रतिशतबाट यसवर्ष ४.६३ प्रतिशत जिपीए ल्याउन सफल बताउनुभयो।

    गत वर्ष ९ हजार ६३३ जना विद्यार्थी भएकोमा यस वर्ष २२ हजार ४ सय ७५ जना विद्यार्थीले ३.६० बाट ४ जिपीए ल्याएको बताउनुभयो। उहाँले ३.२० देखि ३.६० जिपीए ल्याउने विद्यार्थीहरु ११.३६ प्रतिशत रहेको र गत वर्ष ८.४० प्रतिशत रहेको बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘४ लाख ८४ हजार ९३९ विद्यार्थीहरु सहभागी बनेका थिए । जिपीए ३.६० बाट ४ जिपीए ल्याउने गत वर्ष ९ हजार ६३३ जना विद्यार्थी भएकोमा यस वर्ष २२ हजा ४ सय ७५ जना विद्यार्थी हुनुहुन्छ । १.९४ प्रतिशतबाट यस वर्ष ४।६३ प्रतिशत जिपीए ल्याउन सफल भएका छन् । ३.२० देखि ३.६० जिपीए ल्याउने विद्यार्थीहरु ११.३६ छन् । गतवर्ष ८.४० थियो । त्यस्तै जिपीए २.८० ल्याउनेदेखि ३.२० सम्म ल्याउने विद्यार्थी संख्या बढेको छ।’

    त्यस्तै बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले ०.८ देखि १.२ सम्म २ हजार २ सय परीक्षार्थीले जिपीए प्राप्त गरेको बताउनु भयो। उहाँकाअनुसार १.२ देखि १.६ सम्म ३८ हजार ७ सय ७० परीक्षार्थीले उक्त जीपीए प्राप्त गरेका छन् । त्यस्तै १.६ देखि २ सम्म ल्याउने ८८ हजार ४४७ परीक्षार्थी छन् । २ देखि २.४ सम्म ल्याउने परीक्षार्थी संख्या १ लाख २ हजार २९३ जना छन् ।

    २.४ देखि २.८ सम्म ल्याउने ८९ हजार ३ सय ३१ जना परीक्षार्थी छन्। २.८ देखि ३.२ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ७२ हजार ३६२ जना छन् । ३.२ देखि ३.६ सम्म ल्याउने परीक्षार्थी संख्या ५५ हजार ६९ जना छन् । ३.६ देखि ४ सम्मको जीपीए ल्याउने संख्या २२ हजार ४७५ जना छन्। त्यस्तै जिपीए ग्रेड प्वाइन्ट प्राप्त नभएका अर्थात सबै विषयको परीक्षा नदिएकाको संख्या र अनुपस्थित विद्यार्थीको संख्या १३ हजार ९ सय ९२ जना छन्।

    उहाँले भन्नुभयो, ‘०.८ देखि १.२ सम्म २ हजार २ सय परीक्षार्थीले जिपीए प्राप्त गरेका छन् । १.२ देखि १.६ सम्म ३८ हजार ७ सय ७० परीक्षार्थीले उक्त जीपीए प्राप्त गरेका छन्। त्यस्तै १.६ देखि २ सम्म ल्याउने ८८ हजार ४४७ परीक्षार्थी छन्। २ देखि २.४ सम्म ल्याउने परीक्षार्थी संख्या १ लाख २ हजार २९३ जना छन्। २.४ देखि २.८ सम्म ल्याउने ८९ हजार ३ सय ३१ जना परीक्षार्थी छन् । २.८ देखि ३.२ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ७२ हजार ३६२ जना छन्। ३.२ देखि ३.६ सम्म ल्याउने परीक्षार्थी संख्या ५५ हजार ६९ जना छन् । ३.६ देखि ४ सम्मको जीपीए ल्याउने संख्या २२ हजार ४७५ जना छन् । त्यस्तै जिपीए ग्रेड प्वाइन्ट प्राप्त नभएका अर्थात सबै विषयको परीक्षा नदिएकाको संख्या र अनुपस्थित विद्यार्थीको संख्या १३ हजार ९ सय ९२ जना छन् ।’

    परीक्षा बोर्डले गत वर्षको भन्दा यस वर्षको नतिजा राम्रो भएको दाबी गरेको छ। वि.सं. २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ ।

    नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडमा राख्ने व्यवस्था छ। यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कुल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology