समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकाको आयोजना तथा काठमाण्डौ मेडिकल कलेज काठमाण्डौको प्राविधिक सहयोगमा भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा एक हजार १०२ जना नागरिकले विभिन्न किसिम स्वास्थ्य सेवा लिएका छन्।
पृथ्वी मावि बाक्सिलामा सोमबारदेखि सुरु भई मंगलबार सम्पन्न शिविरमा गाउँपालिकाको विभिन्न भूगोलबाट आएका ५३० जना पुरुष र ५७२ जना महिलाले स्वास्थ्य सेवा लिएका थिए।
स्वास्थ्य शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला रोग, नाक,कान, घाटी, आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, मिर्गौला रोग, मुटु रोगसहित १५ किसिमको स्वास्थ्य सेवा उपलब्ध गराईएको थियो।
शिविरमा आवश्यक पर्ने औषधिको गाउँपालिकाले व्यवस्थापन गरेको थियो। शिविरमा आउन तथा उपचारपछि घर जानका लागि गाउँपालिकाले एक वटा बस रिर्जभ गरेको गरेका थिए।
शिविरका लागि काठमाण्डौ मेडिकल कलेजबाट २६ जना चिकित्सकको टोली बाक्सिलामा आएका थिए। गाउँपालिकाका नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिनका लागि शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए।
नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै आगामी वर्ष पनि स्वास्थ्य शिविर सञ्चालन गरिने गाउँपालिका अध्यक्ष राईको भनाई छ।
यो पनि, केपिलासगढीका नागरिकलाई केएमसी अस्पतालमा ५० प्रतिशत छुट
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology