Samayojan khabar

Advertisment

SKIP THIS

संस्थापनइतर कांग्रेसले तोक्यो प्रदेश क्षेत्र संयोजक

संस्थापनइतर कांग्रेसले तोक्यो प्रदेश क्षेत्र संयोजक


समायोजन खबर
  • बिहिबार, असोज ८ २०८३

  • संस्थापनइतर कांग्रेस प्रदेश क्षेत्र ‘क’ संयोजक उद्धव राई।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस(संस्थापनइतर)खोटाङले क्षेत्रीय अधिवेशन गराउनका लागि दुई प्रदेश क्षेत्रमा संयोजक तोकेको छ। जिल्ला अधिवेशन तयारी समिति संयोजक रोजन राईले ५ असोजमा संयोजक तोकेको हो।

    प्रदेश क्षेत्र ‘क’ मा उद्धव राई र प्रदेश क्षेत्र ‘ख’ मा वसन्त राईलाई संयोजक तोकेका हुन्। संस्थापनइतरले असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन गराउने मिति तय गरिसकेको छ। संस्थापनइतरको असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन र कार्तिक १५ गते जिल्ला अधिवेशन हुँदैछ।

    संस्थापनइतरको १५ औं केन्द्रीय महाधिवेशन मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाण्डौमा हुनेछ। मंसिर ४ गते प्रदेश अधिवेशन हुनेछ। यता, संस्थापन कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गराएको छ। नुनथला बाहेक अन्य वडामा अधिवेशन सकिएको संस्थापन कांग्रेस पार्टी सचिव समिर राईले बताए।

    असोज ७ गते पालिका अधिवेशन अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटेहाङ गाउँपालिका बाहेकका पालिकामा अधिवेशन सम्पन्न भएको छ। हलेसी तुवाचुङ नगरपालिकामा चक्रकुमार राई दोहोरिदा रावाबेशी गाउँपालिकामा गेहेन्द्रमान राई, केपिलासगढी गाउँपालिकामा हेमन्त राई, ऐसेलुखर्क गाउँपालिकामा सन्तवीर तामाङ, साकेला गाउँपालिकामा बिजय गुरुङ, जन्तेढुंगा गाउँपालिकामा किरण राई, बराहपोखरी गाउँपालिकामा भुवन श्रेष्ठ सर्वसम्मत सभापतिमा चयन भएका छन्।

    १० गते प्रदेशसभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तोकिएको भए पनि प्रतिकुल मौसमका कारण अर्को सूचना जारी नभएसम्मलाई अधिवेशन स्थगित गरिएको छ।
    संस्थापनले केन्द्रीय अधिवेशन असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ। त्यसपछि जिल्ला र प्रदेश अधिवेशनको टुंगो लाग्नेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology