समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाभित्रका नागरिकहरुले काठमाण्डौ मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएको छ।
सोमबार गाउँपालिकाको आयोजना तथा काठमाण्डौ मेडिकल कलेज काठमाण्डौको प्राविधिक सहयोगमा पृथ्वी मावि बाक्सिलामा भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरको अवसरमा गाउँपालिका र मेडिकल कलेजले द्धिपक्षीय सम्झौता गर्दै वर्ष दिनसम्म गाउँपालिकाका नागरिकले केएमसीमा भर्ना भई उपचार गराउँदा ५० प्रतिशत र ओपिडीमा जाँच गराउँदा २५ प्रतिशत छुट पाउने सम्झौता भएको हो।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्की तथा मेडिकल कलेजका अध्यक्ष होमादेवी न्यौपाने र महाप्रवन्धक नारायण प्रसाद दाहालले हस्ताक्षर गरेको सम्झौता पत्रमा अति विपन्न विरामी उपचारको लागि अस्पतालमा आएको अवस्थामा दुबै पक्षले छलफल गरी १०० प्रतिशतसम्म छुटको व्यवस्था मिलाउने पनि उल्लेख छ।
उपचारमा आउने विरामीले अनिवार्य रुपमा गाउँपालिकाबाट विवरण खुलाई सहुलियतमा उपचार गराउन जारी गरेको सिफारिस पत्रमा नाम, ठेगाना, उमेर र आर्थिक अवस्था स्पष्ट रुपमा खुलाईएको हुनुपर्ने जनाईएको छ।
एमआरआई, सीटी स्क्यान, शल्यक्रियासहित मात्र उक्त सुविधाहरु दिइनेछ भने, औषधि, औषधिजन्य सामाग्री, इन्प्लाण्ट, पेसमेकर जस्ता सामानहरुमा उक्त सुविधा नहुने सम्झौता पत्रमा उल्लेख छ। सम्झौता समय २०८० चैत मसान्तसम्म रहने र अवधिपछि आपसी सहमतीमा प्रभावकारिता हेरी पुनः सम्झौता गरिने गाउँपालिका अध्यक्ष राईले बताए।
हेर्नुहोस सम्झौता पत्र,

यो पनि, केपिलासगढीमा बृहत स्वास्थ्य शिविर,पहिलो दिन ८७५ जनाले लिए सेवा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology