समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले रसुवाको भोटेकोशी बाढी पीडितलाई सहयोग पठाएको छ। भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका लागि असोज ६ गते १ लाख १५ हजार २३२ रुपैयाँ सहयोग पठाएको हो।
प्राध्यापक र कर्मचारीको २-२ दिनको तलब बापतको ९८ हजार ८७२ र कक्षा ११ देखी स्नातक तहसम्मका विधार्थीबाट संकलित १६ हजार ३६० रुपैयाँ गरी १ लाख १५ हजार २३२ रुपैयाँ सहयोग पठाईएको क्याम्पसका लेखा प्रमुख चुडाबहादुर कार्कीले बताउनुभयो।
सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। ‘विपत्तीमा परेका नागरिकलाई सहयोग पुगोस भन्ने उद्देश्यले र विपत्तीमा सँगै छौ’ भन्ने सन्देश दिंदै सहयोग रकम पठाईएको क्याम्पस प्रमुख कृष्णबहादुर राईले बताउनुभयो।
‘विधार्थीहरुमा पनि विपत्तीमा एक हुनुपर्छ’ भन्ने सन्देश दिदैं सहयोग रकम संकलन गरेर पठाईएको स्नातक तह तेश्रो वर्षमा अध्ययनरत विधार्थी ललिजन राईले जानकारी दिनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology