समायोजन खबर खोटाङ, खोटाङमा एक गाउँपालिका उपाध्यक्ष, तीन वडाध्यक्ष र एकजना वडा सदस्य पदमुक्त भएका छन्।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा(१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेपछि उनीहरु पदमुक्त भएका हुन्।
पदमुक्त हुनेमा नेकपा एकीकृत समाजवादीबाट बराहपोखरी गाउँपालिकामा निर्वाचित उपाध्यक्ष भुवलराज राई र सोही पार्टीबाट केपिलासगढी गाउँपालिका–३ बासपानीमा निर्वाचित वडाध्यक्ष तुलाराम राई छन्। उपाध्यक्ष राई र वडाध्यक्ष राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
नेकपा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्वाचित वडाध्यक्ष दिनेश राई, नेपाली कांग्रेसबाट खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा निर्वाचित वडाध्यक्ष जेफर राई पनि पदमुक्त भएका छन्। वडाध्यक्षद्धय पनि श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन्।
यस्तै, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा नेकपा एमालेबाट निर्वाचित वडासदस्य प्रदीप आचार्यलाई पनि निर्वाचन आयोगले पदमुक्त गरेको छ। आचार्य राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology