Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमै भेटिन्छ छ्यापछ्याप्ती म्याद गुज्रेका अखाद्य वस्तु,कारबाही नहुँदा मनोमानी

दिक्तेलमै भेटिन्छ छ्यापछ्याप्ती म्याद गुज्रेका अखाद्य वस्तु,कारबाही नहुँदा मनोमानी


समायोजन खबर
  • शुक्रबार, असोज २ २०८३

  • म्याद गुज्रेका पेय पदार्थ नष्ट गरिदै।

    समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा छ्यापछ्याप्ती म्याद गुज्रेका अखाद्य वस्तु फेला परेको छ। जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उधोग, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटाङ उधोग वाणिज्य संघको संयुक्त टोलीले लगातार तीनदिन किराना पसलहरु अनुगमन गर्दा म्याद गुज्रेर अखाद्य भईसकेका खाद्य तथा पेय पदार्थ छ्यापछ्याप्ती भेटिएको हो।

    अनुगमन टोलीले दिक्तेलबजारको अल्छेढुंगा–रत्नपार्क, रत्नपार्क–पूरानो बेसक्याम्प, बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा, हाटडाँडा–अस्पतालचोसहित कूल ६६ वटा किराना पसलमा अनुगमन गरेको थियो। पहिलो दिन भदौ ३० गते २६ हजार ९८३ रुपैयाँ, दोश्रो दिन ३१ भदौमा २६ हजार ५३० र तेश्रो दिन १ असोजमा ९ हजार १५२ रुपैयाँसहित ६१ हजार ६६५ रुपैयाँ बराबरको खाद्य तथा पेय पदार्थ म्याद नाघेको पाईएको थियो।

    म्याद नाघेका खाद्य तथा पेय पदार्थमा स्लाइस, करेन्ट खुर्सानी पाउडर, मिक्स जुस, हजमुला चकलेट, बिस्कुट, बिरेनुन, धुलो बेसार, जम्बो डिउ, सानो डिउ, पोटेटो चिप्स, चिजबल, पानीपुरी, चाइनिज रोल, थुक्पा, खुर्सानी धुलो, मिक्स चकलेट, करेन्ट पटेटो, पापड, आटा, टमाटर सस, मेङगो जुस, स्प्राइड, चिया पकेट, चिप्स, रिङ, ललीपप, क्याम्पा डीउ, सेभेनअप, चोखोपन, बेसन पीठो, फिङगर, चोकोपन, चाउमिन मसला, भुजा, माउण्टेन डिउ, पेप्सी, कोक, अजिना भेटिएको थियो।
    सबैभन्दा बढी पेय पदार्थ डिउ, कोक, पेप्सी, मिरिन्डा, फेन्टा, स्प्राइड, सेभेनअप म्याद नाघेको पाईएको अनुगमनमा संलग्न घरेलु तथा साना उधोगका उधोग अधिकृत भेषराज खत्रीले बताए। म्याद नाघेका पेय पदार्थलाई खाल्डो खनी पोखी र दैनिक उपभोग्य खाद्यवस्तुलाई जिल्ला प्रशासन कार्यालय परिसरमा आगो लगाई जलाई नष्ट गरिएको छ।

    २५ भदौदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका प्रजिअ महेशकुमार गुरुङको निर्देशनमा दिक्तेलबजारमा सरासर तीनदिन किराना पसलहरु अनुगमन गरिएको हो। बेलाबेला पसल अनुगमन हुने र म्याद गुज्रेका खाद्य र पेय पदार्थ जफत गर्दै नष्ट गर्ने तर, पसललाई कारबाही नहुँदा व्यावसायीहरुको मनोमानी बढेको पाईएको छ।

    अनुगमन गरेर पटक–पटक म्याद गुज्रेका सामाग्री बिक्री नगर्न आग्रह गर्दा पनि व्यावसायीले म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ बिक्री गर्ने गरेको पाईएको छ। ग्राहकले पनि खाद्यवस्तु तथा पेय पदार्थ खरीद गर्दा म्याद भए नभएको मिति अनिवार्य यक्किन गर्न र म्याद गुज्रेको भेटिएमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।

    सदरमुकाम तथा प्रमुख बजारमै म्याद गुज्रेको खाद्यवस्तु र पेय पदार्थ भेटिदा दुरदराजमा म्याद गुज्रेका सामाग्री कति फेला पर्लान भन्ने प्रश्न खडा भएको छ। अनुगमन गाउँ गाउँमा पुग्नुपर्ने नागरिकको माग छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology