समायोजन खबर, निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्दैछ।
आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर आजदेखि दल दर्ता खुला गरेको हो । चुनावको लागि साउन ३१ गतेसम्म दल दर्ता गर्न सकिने छ।
आयोगका अनुसार दल दर्ताको निवेदनका लागि दलको विवरण, केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्यासहित वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाउनु पर्नेछ।
त्यस्तै, प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा सात वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले भनेको छ।
त्यस्तै, दुई वा सो भन्दा बढी दलले एकल चिन्ह लिई निर्वाचनमा भाग लिने भए निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली(२०७४ को अनुसूची १३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने पनि आयोगले जानकारी गराएको छ।
निर्वाचन आयोगमा अहिलेसम्म दर्ता भएका ११६ वटा राजनीतिक दलहरूले समेत पुनः दर्ता गर्नुपर्ने व्यवस्था छ। दल दर्ताका लागि सार्वजनिक विदाको दिन समेत कार्यालय खुला हुने आयोगले बताएको छ।
प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दलले एउटै चुनाव चिह्नसमेत लिन पाउने छन्।
तालमेल गरेका दलले एउटै निर्वाचन चिह्नमा निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने आयोगले जनाएको हो। यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनु पर्नेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology