• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बालेनको संकल्प, सबै मिलेर काम गरौँ, काठमाण्डौलाई विश्वकै उत्कृष्ट बनाऔँ

बालेनको संकल्प, सबै मिलेर काम गरौँ, काठमाण्डौलाई विश्वकै उत्कृष्ट बनाऔँ


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १३ २०७९

  • काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)

    समायोजन खबर, काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले काठमाण्डौ सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

    आफ्नो जितलाई विजयका रुपमा नभएर काम र नेतृत्वको सुरुवातका रुपमा लिएको भन्दै उहाँले अब सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय सभा गृहमा महानगरको अन्तिम मत परिणाम घोषणा कार्यक्रममा नवनिर्वाचित मेयर साहले अबका दिनमा भिजन र एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

    काठमाण्डौलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने उहाँको घोषणा छ । साहले काठमाण्डौलाई एउटै परिवार ठानेर काम गर्ने पनि बताउनुभयो । काठमाण्डौ महानगरको मेयरमा निर्वाचित साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गर्नुभयो ।

    उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology