• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाँच महानगरसहित ३४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी

पाँच महानगरसहित ३४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी


समायोजन खबर
  • सोमबार, जेष्ठ ९ २०७९

  • समायोजन खबर, स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा छ । अहिलेसम्म ७१९ स्थानीय तहको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने अब पाँच महानगरपालिकासहित ३४ स्थानीय तहको परिणाम आउन बाँकी छ । मतपरिणाम आउन बाँकी रहेका स्थानीय तहमध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि हुनुहुन्छ । पोखरामा एकीकृत समाजवादी, भरतपुरमा माओवादी केन्द्र, ललितपुरमा कांग्रेस र वीरगञ्जमा जनता समाजवादी पार्टी फराकिलो मतान्तरसहित अगाडि छन् । ११ उपमहानगरपालिकामध्ये धनगढी, हेटौंडा, धरान, बुटवल, नेपालगञ्ज, इटहरी, घोराही, कलैया र जितपुर सिमराको परिणाम आइसकेको छ भने तुलसीपुरमा एमाले, जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीको अग्रता छ ।

    यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले ३१६ स्थानमा प्रमुख जितेको छ । त्यस्तै, नेकपा एमालेले १९५, माओवादी केन्द्रले १२०, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी ९जसपा०ले २९ र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले १४ स्थानमा जितेका छन् । ०७४ को निर्वाचनमा २९४ स्थानीय तह जितेको एमालेले यसपटक १०१ सीट गुमाएको छ भने माओवादी केन्द्रले विगतभन्दा १४ स्थान बढी जितेको छ । अहिलेसम्मको परिणामअनुसार माओवादी केन्द्रले २६ जिल्लामा कुनै पनि पालिकाको प्रमुख पदमा जित्न सकेको छैन भने एमाले १० जिल्लामा शून्य भएको छ । यसैगरी कांग्रेस दुई जिल्लामा निल भएकोछ ।

    देशभर २९ स्थानीय तह जितेको जसपाले ६२ जिल्लामा प्रमुख वा उपप्रमुख दुवै पदमा एक सिट पनि जित्न सकेन । देशभर १७ स्थानीय तहको प्रमुख जितेको नेकपा एकीकृत समाजवादीले ५२ जिल्लाका स्थानीय तहमा प्रमुख वा उपप्रमुख जित्न सकेन । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा जितेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दमक, काठमाडौंको शंखरापुर, कपिलवस्तुको शिवराज नगरपालिका र झापाको हल्दीवारी गाउँपालिकामा प्रमुख पद जितेको छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका टिकापुर नगरपालिकासहित चार स्थानीय तहमा जितेको छ । १० वटाभन्दा धेरै स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्थानीय चुनावको परिणामअनुसार सातै प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र जसपा चौथो पार्टी बनेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology