• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी

यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी


समायोजन खबर
  • बिहिबार, चैत्र २४ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने अन्तिम तयारी गरेको छ।

    निर्वाचन आचारसंहिता लागु गर्न भइरहेको ढिलाइले गर्दा निर्वाचनलाई प्रभावित पार्ने गरी जनप्रतिनिधिबाट स्रोत र साधन दुरूपयोग भइरहेको गुनासो आइरहेको बेला आयोगले सम्भवतः तीन दिनभित्र आचारसंहिता लागु गर्ने स्पष्ट पारेको छ।

    आचारसंहिता कार्यान्वयन गराउनका गृहकार्य भइरहेको जानकारी दिँदै बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने– ‘सम्बन्धित निकायहरूलाई क्रियाशील गराएर आचार संहिताको प्रभावकारी कार्यान्वयन गराउन अधिकारसहितको संस्थागत व्यवस्था आयोगले गर्नेछ । यो व्यवस्था गरिसकेपछि ७७ वटै जिल्लामा सर्कुलर गर्ने र सर्कुलर गरेको दुई दिनभित्र आचारसंहिता लागू हुन्छ।’

    उनले आचारसंहिता लागु गर्नुपूर्व ७७ जिल्ला निर्वाचन कार्यालय र गृह प्रशासनलाई तम्तयार राख्नुपर्ने र स्थानीय प्रशासनमा आचारसंहिता उल्लंघनको उजुरी लिने व्यवस्थापन गर्नुपर्ने आवश्यक रहेको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology