• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरू,के आउँला निर्णय ?

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरू,के आउँला निर्णय ?


समायोजन खबर
  • बिहिबार, फाल्गुन ५ २०७८

  • समायोजन खबर, सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। अमेरिकी सहयोग परियोजना एमसिसीबारे निर्णयमा पुग्न सत्तारुढ दल छलफलमा जुटेका हुन्।

    बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी हुनुहुन्छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा एमसीसी टेबुल हुनुपर्नेमा हुनुहुन्छ भने सत्ता गठबन्धनका दल यथास्थितिमा एमसीसी अघि बढाउन नसकिने भन्दै आएका छन् ।

    साथै गठबन्धन कायम राख्ने वा विघटन गरेर दलहरू आ–आफ्नो बाटोमा लाग्ने निर्णय पनि गर्ने तयारी छ।एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० गठबन्धनमा नबस्ने बताउँदै आएको छ ।

    यसैगरि अर्को घटक नेकपा एकीकृत समाजवादी एमसीसी अनुमोदन गर्नुहुन्न भन्नेमा उभिने भएको छ । यदि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले जबर्जस्ती बढाए विपक्षमा मतदान गर्ने भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology