समायोजन खबर, प्रेस काउन्सिलले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ। प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो।
आर्थिक वर्ष २०७५/७६ को वर्गीकरणको लागि ९प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२० गरी ८८३ पत्रपत्रिका दर्ता भएका थिए। जसमध्ये क वर्गमा २१९, ख वर्गमा ४७६, ग वर्गमा १३७, घ वर्गमा १५ र नियमित तर हुबहु र वर्ग कायम नभएका ३६ पत्रपत्रिका रहेका छन्।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ को वर्गीकरणको लागि ९प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०० गरी ८७८ पत्रपत्रिका दर्ता भएका थिए । जसमध्ये क वर्गमा २३९, ख वर्गमा ४३१, ग वर्गमा १६३, र नियमित तर हुबहु र वर्ग कायम नभएका ४५ रहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology