• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस फेरि महाधिवेशनको मिति सार्ने तयारीमा

नेपाली कांग्रेस फेरि महाधिवेशनको मिति सार्ने तयारीमा


समायोजन खबर
  • बुधबार, कार्तिक १० २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति फेरि सार्ने तयारी गरेको छ। केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच हिजो भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो।

    बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको छ। कांग्रेसको निर्वाचन समितिले १३ जिल्लामा वडा अधिवेशन नभएकाले तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन नेतृत्वलाई ध्यानाकर्षण गराएको छ।

    कांग्रेसले अहिलेसम्म ७७ जिल्लामध्ये ६४ जिल्लामा मात्रै वडा अधिवेशन गरेको छ । बाँकी १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुने वातावरण बनेको छैन। प्रदेश २ का आठ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन् । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ। कांग्रेसले २१ हिमाली जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन गर्ने भनिए पनि १३ जिल्लामा मात्रै सकिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology