समायेाजन खबर
शेर्पा समुदायबाट चर्चा कमाएकी गायिका पेम्बा छेाटी शेर्पाले तीज कुनै डाँडा पारीको देशको चाड नभइ हाम्रै नेपाली दिदी बहिनीहरुको चाड भएकेा बताएकी छिन ।
गत सेप्टेम्बर ४ तारिखका दिन अेाभरसिज नेपाली फेारम स्पेनले अ।येाजना गरेकेा तीज बिशेष कार्यक्रमकमा उनले अ।फ्नेा तीज गीत गाएर अ।फनेा प्रस्तुति प्रस्तुत गर्दा सामाजिक संजालहरूमा गलत टिका टिप्पणी र कमेन्टहरू अ।एपछि उनले स्टाटस मार्फत यसेा भनिन ।
म शेर्पाकी छोरी हुँ ,हो यसमा मलाई गर्व छ l हिजोको तीज कार्यक्रममा गएर गीत गाउँदा धेरैलाई मन नपरेको मेसेजहरु पाइरहेकी छु l शेर्पा भएर पनि तीज मनाउने ? तीजमा गीत गाउने ? जस्ता प्रश्नले भरिएका मेसेजहरु आइरहेको छ l उहाँहरुलाई बिचरा सिवाए अरु म के नै भन्न सक्छु र lतीज कुनै डाँडा पारीको देशको चाड हैन हाम्रै नेपाली दिदी बहिनीहरुको चाड हो l
मलाई लाग्छ खोक्रो भाषण र खोक्रो आदर्शले मात्र आफ्नो पन जोगिदैन l आफ्नो बथान भन्दा एक कदम पर गएर अरुको बथानमा आफ्नो पन देखाएर पनि आफ्नो पनलाइ अझ बलियो बनाउन सकिन्छ भन्ने मेरो मान्यता हो र रहीरहने छ l हाम्रा बाउ बाजेले सबैको चाडवाड रीतिरिवाजलाई इज्जत गर्नुपर्छ भन्ने संस्कार हामीलाई हस्तान्तरण गर्नु भएको थियो l तर अब तपाई हामीले हाम्रा आउने पुस्तालाई आफ्नोलाई मात्र राम्रो भन्नु अरुको जति सबैलाई थुक्नु भन्ने संस्कार हस्तान्तरण गर्दैछौ भन्ने पक्का देखिन्छ l आफ्नो भाषा, कला संस्कृति अनि भेष भुसालई जगेर्ना गर्न अरुलाई गालिनै गर्नु पर्छ भन्ने छैन l हामी अरु बाट जे कुराको आपेक्षा गर्छौ, त्यही कुरा आफुबाट पनि अरुलाई गरौ l हाम्रो समाज त्यतिकै सुन्दर हुनेछ l
गायिका शेर्पा शेर्पा समुदायकेा पहिलेा गायिका हुन ।उनले शेर्पा भाषा र नेपालीमा थुप्रै गीतहरू गाएकी छिन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology