भदौ÷ १६ खोटाङ,
खोटाङको लामीडाडाँ (रावावेशी) गाउँपालिकाले पालिकाभित्रका वडाहरुमा भएको जटिल समस्यालाई तत्काल पहिलो प्राथमिकतामा राखेको छ । जिर्ण तथा भुकम्पले भत्काएका शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, सडकका समस्याहरुलाइ पहिलो चरणमा राखेको हो ।
कुभिण्डेमा ३ वटा साविकका वडामा वत्ती विस्तार काम वाँकी र खानेपानी आंशिकरुपमा सुचारु भईरहेको छ । हाँचेका नुनथला जोड्ने सडकको काम पहिलो नम्बरमा रहेको स्थानीय तहको निर्वाचनवाट पालिका अध्यक्ष बनेका लिलानाथ निरौलाले बताएका छन् । खार्पामा रावा क्याम्पस भवन जिर्ण छ भने खानेपानी, शिक्षक तलव भत्ताको असुविधा छ । विजुले लामिडाडाँ जिरो प्वाईण्टदेखी कुभिण्डे डुम्रेधारापानी दुवेकोल हुंदै ऐसेलुखर्क जोडिने सडक स्तरोन्नती तथा सञ्चालन भईरहेको विधुतमा फलामे पोल नभएको र ३ करोड वरावरको स्वास्थ्यको भवन निर्माण हुने भएको पालिका वडाध्यक्ष छ निरौलाले जानकारी दिए । लामीडाडाँमा लामीडाडाँ – र्तिपा सडकको ट्रयाक सुरु गरिने र चिउरीवास लामीडाडाँ सडक स्तरोन्नतीसंगै साविकको १ नम्बर वडामा अहिलेसम्म खानेपानीको व्यवस्था नभएको तथा विजुली भएपनि फलामे पोलको अभाव रहेको छ । वडाहरुमा आवाश्यक भौतिक कुराहरु परिपुर्तीका विषयमा सम्बन्धित वडाध्यक्षहरुसंग लविङ भईरहेको उहाँको भनाई छ ।
डुम्रेधारापानी वडामा खानेपानीको चरम समस्या रहेको छ । साविकका ५, ६, ७, ८, र ९ का स्थानीयहरु २ घण्टाको वाटो हिडेर दुधकोसी नदिको पानी उपभोग गरिरहेका छन् । पानी समस्याका कारण त्यहाँका स्थानीयहरु गाईवस्तु लिएर वेशी झर्ने गरेका छन । घोर्लेनी डुम्रे सडक जोड्न बाँकी रहेको छ । भवन अभावमा प्रहरी चौकी, हुलाक र वडा कार्यलयसहित गाविसको एकै ठाउँमा सञ्चालन भईरहेको तथा धारापानी माविका लागि दरवन्दी शुन्य रहेको छ । प्राविका शिक्षकले मावि सञ्चालन गरिरहेको छ । यी समस्याको युद्धस्तरमा समाधान खोजिने उहाँको तर्क छ ।
यस्तै, ५ नम्बर वडा दुवेकोलमा पिउने पानीको विकराल समस्या रहेको वडाध्यक्ष गण्ोश थापा मगरले बताए । साविकका १, २, ३, ५, ६, ९ का स्थानीयहरुले ऐसेलुकर्खको वडा नम्बर ७ देविस्थानमा रहेको एक मुहानको पानी उपभोग गरिरहेका छन् । गाविस कार्यलयको भवन भुकम्पले लडाएपछि चित्रको गोठमा सञ्चालन भईरहेको वडा कार्यलयका लागि र स्वास्थ्यका लागि भवन बनाइने छ । गंगोदय माविमा दरवन्दीका १ जना शिक्षकले मावि सञ्चालन गरिरहेको भए पनि शिक्षकको चरम अभाव छ । २०७२ बैशाख १२ मा गएको महाभुकम्पले विधालयको २ वटा भवन भत्काएयता कक्षा १ देखी ४ कक्षासम्मका विधाथीलाई चउरमा चित्र, पाल टांगेर पठनपाठन भईरहेको छ । कालिका आधारभुत विधालयमा भवन अभाव तथा दरवन्दी अपुग रहेको छ । भदौरे दुवेकोल साविकका वडा ६ वाट ५ हुंदै ऐसेलुकर्ख गाउँपालिकको ७ नम्बर चैनटार जोडिने काम वडाको पहिलो विषय भएको वडाध्यक्ष मगरले बताउनुभयो ।
उता, हौचुर ६ मा १, ४, ६, ७, र ९ मा विधुत विस्तारको काम वाँकी रहेको छ । कुभिण्डे जिरो प्वाईण्ट पोखरी सडक स्तरोन्नती, साविकको ४ वडावाट वडा कार्यलयसम्म सडकको ट्रयाक खोलिने छ । साविकको वडा नम्बर ६ गिद्धे, जालपा– सावालुङ फेदी पुल सडकको ट्रयाक द्रुतगतिमा खोलिने वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए । ५ महिनायता वन्द पञ्चकन्या आधारभुत विधालय सञ्चालन, वालविकास भवन, शारदा मावि ८ कोठे, जन एकता प्रावि भवन निर्माण, जनता प्रावि चर्पी निर्माण, सिंहदेवी प्रावि खानेपानी व्यवस्थापन, हौचुरवेशी सिरान, कागते, हिदुङखोला कुलो मर्मतका कामहरु पहिलो प्राथमिकतामा रहेको उहाँको भनाई छ ।
जिल्लामा महुरेगढी गाउँपालिका स्वीकृत भएर केन्द्रमा पठाईएकोमा पछिल्लो अवस्थामा लामीडाडाँ गाउँपालिका भएको पालिकामा कुभिण्डे, खार्पा, लामीडाडाँ, डुम्रेधारापानी, दुवेकोल र हौचुरगरी ६ वडा समेटिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology