• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कक्षा १२ को परीक्षाफल सार्बजनिक

कक्षा १२ को परीक्षाफल सार्बजनिक


समायोजन खबर
  • बिहिबार, भाद्र १५ २०७४

  • Pass Thumbs Up

    १५ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

    एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् । आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९ जना सहभागी भएकामा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् ।

    कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने गत गत साउन २० गते नै प्रकाशन गरेको थियो ।

    यसरी हेर्न सकिन्छ नतिजा

    कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

    यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    साभार ः अनलाईनखबर

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology