
भदौ १२ कतार
कतारमा नेपाल आइडलको फिनाले हुने भएको छ । कतारका आयोजकले कतारको दोहामा पत्रकार सम्मेलन गरेर नेपाल आइडलको फाइनलबारे जानकारी गराएको हो ।
नेपाल आइडल एपि वान टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको छ । अहिले उक्त आईडलमा ४ प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् । अनेस्क वान इन्टरनेसनल क्यानडा र एभरेस्ट युथ एशोशिएसन कतारको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा नेपाल आइडलका टप १२ मा बाहिरिएका प्रतियोगीले कार्यक्रमलाई थप रोचक बनाउने भएका छन । त्यसका अलवा केदार घिमिरे ( माग्ने बुडा) सन्दिप क्षेत्रि, तेरिया फौजा मगरले आफ्नो प्रस्तुती देखाउने आयोजकले जानकारी दिएका छन् । वरिष्ठ संगीतकार शक्ति बल्लभको प्रमुख आतिथ्यता रहने कार्यक्रमलाई उत्कृष्ट बनाउन आफुहरुले कुनै कशुर बाँकी नराख्ने एभरेस्ट युथ एशोसिएशनका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनु भयो ।
कार्यक्रमलाइ सफल बनाउन कतारमा स्थापना भएका सबै संघसस्थाले सहयोग गर्नुपर्ने सागर नेपालले बताउनु भयो । कार्यक्रम सेप्टेम्बर २२( असोज ६ गते) एशिएन कृकेट टाउनमा हुँदैछ । त्यहाँ १५ हजार दर्शक अटने क्षमता रहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology