• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कतार विश्वकप नोभेम्बर २१ मा सुरू भएर डिसेम्बर १८ मा सकिने

कतार विश्वकप नोभेम्बर २१ मा सुरू भएर डिसेम्बर १८ मा सकिने


समायोजन खबर
  • बिहिबार, साउन १ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,  कतारमा सन् २०२२ मा हुने विश्वकपको मिति सार्वजनिक भएको छ । प्रतियोगिता नोभेम्बर २१ मा सुरु भएर डिसेम्बर १८ मा सकिनेछ । यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । अत्याधिक गर्मी हुने भएकाले आयोजकले २०२२ को विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

    प्रतियोगिताको समूह चरणका बेला चार वटा खेल हुनेछन् । प्रतियोगिताको फाइनल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा स्थानीय समय अनुसार साँझ ६ बजेबाट सुरु हुनेछ ।

    प्रतियोगिताको उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । यो स्टेडियमको क्षमता ६० हजार रहेको छ । विश्वकपका बेला समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् । जसमा स्थानीय समय अनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राती १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु साँझ ६ बजे र राति १० बजे हुनेछन् ।

    कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् । विश्वकपमा पहिलो पटक एक ठाँउबाट अर्को ठाँउमा खेल्न जाँदा हवाई जहाजको प्रयोग नहुने भएको छ ।२०७७ साउन १ गते विहान ७ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology