• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसिया ट्रेल मास्टरमा प्रिया राई च्याम्पियन

एसिया ट्रेल मास्टरमा प्रिया राई च्याम्पियन


समायोजन खबर
  • आइतबार, फाल्गुन १७ २०८२

  • चर्चित अल्ट्रा धाविका प्रिया राई।

    समायोजन खबर खोटाङ, एसिया ट्रेल मास्टरमा नेपालको प्रतिनिधित्व गर्दै खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलकी प्रिया राईले उपाधि जितेकी छन्।

    फागुन १६ गते हङकङमा सम्पन्न एसिया ट्रेल मास्टरमा प्रियाले, महिलातर्फ ७२ किलोमीटरमा पहिलो हुँदै स्वर्ण जितेकी हुन्। २३ वर्षीया प्रियाले ९ घण्टा ५७ मिनेटमा निर्धारित दूरी पूरा गरेकी थिइन्।

    सन् २०१५ देखि सुरु भएको एसिया ट्रेल मास्टरको १० वर्ष इतिहासमा नेपालको प्रतिनिधित्व गरी प्रियाले दुई पटक उपाधि जितेकी हुन्। चर्चित अल्ट्रा धाविका प्रियाले यसअघि सन् २०२४ मा पनि एसिया ट्रेल मास्टरको उपाधि जितेकी थिइन्।

    उनले विभिन्न देशहरुमा नेपालको प्रतिनिधित्व गरी अल्ट्रा रनिङमा नेपाललाई मेडल जिताएकी छन्। एसिया ट्रेल मास्टरमा नेपालका तर्फबाट अहिलेसम्म पुरुषले उपाधि जित्न सकेको छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology