समायोजन खबर काठमाण्डाै,
मङ्गलबार मध्य र पूर्वी पहाडका एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मध्य र पूर्वी पहाडका एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।
उनका अनुसार आज देशभरि नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी क्षेत्रको एक/दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।
पश्चिमी वायुकै प्रभावले अहिले पनि पहाडी भेगको मौसम आशिंक बदली भएको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै छ । पश्चिममा मङ्गलबारभन्दा बुधबार धेरै बदली भइ पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
२०७६ फागुन २७ गते बिहान ७ :५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology