समायोजन खबर काठमाण्डौ,
सरकारले डिजेल र पेट्राेलमा लिईँदै आएकाे विकास बजेट करको दर बढाएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ विकास बजेट कर बढाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारीमा रहनुभएका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको जानकारी दिनुभयो ।
फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्याउने निर्णय गरेको हो । उहाँका अनुसार अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि डिजेल र पेट्रोलमा ५ रुपैयाँ विकास कर लिइँदै आएको थियो । २०७६ फागुन १५ गते साँझ ६ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology