• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शुक्रबारबाट मौसम सुधारिए पनि सोमबारबाट पुनः वर्षा हुनसक्ने

शुक्रबारबाट मौसम सुधारिए पनि सोमबारबाट पुनः वर्षा हुनसक्ने


समायोजन खबर
  • बिहिबार, पौस २४ २०७६

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाडौं,

    केही दिनदेखि जारी बदली र वर्षाकाे शृंखलामा भाेलिबाट सुधार आउने भएको छ । तर लगत्तै सोमबारबाट नयाँ प्रणाली भित्रिने र त्यसले पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई क्षेत्रमा शीतलहर छ ।

    मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार, बिहीबारबाट यो प्रणाली विस्तारै बाहिरिन थालेको छ । यही कारण सुदूरपश्चिमको मौसममा सुधार आइसकेको र भोलिबाट देशका मध्य र पूर्वको मौसम पनि सुधारिने मौसमविद् पौडेलले बताए । ‘पश्चिम वायुले ल्याएको न्यूनचापीय वायुका कारणले केही दिनदेखि बदली र वर्षा भइरहे पनि यो प्रणाली बाहिरिने क्रम सुरु भएकाले भोलिबाट मौसम सुधारिन्छ’, मौसमविद् पौडेलले अनलाइनखबरसँग भने ।

    शुक्रबारबाट मौसम सुधारिए पनि सोमबारबाट फेरि वर्षा हुनसक्ने सम्भावना महाशाखाले औंल्याएको छ । सोमबारबाट न्यूनचापीय प्रणाली फेरि सक्रिय हुने र त्यसले पानी पार्ने मौसमविदकाे भनाइ छ । हिउँदयाममा औसतमा ५–६ वटासम्म मौसम प्रणाली आउँछन् । यस वर्ष अन्य वर्षको तुलनामा केही छिटो गरी मौसम प्रणाली भित्रिएका छन् । मौसमविद्का अनुसार, अब भित्रिने मौसम प्रणाली यो हिउँदयामको पाँचौं हो ।

    २०७६ पौष २४ गते दिउँसो २ :१२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology