• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरियामा आर्थिक मन्दी,कामदारको माग घट्यो

कोरियामा आर्थिक मन्दी,कामदारको माग घट्यो


समायोजन खबर
  • शुक्रबार, मंसिर १३ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाडौँ,

    विगत धेरै बर्ष देखि नेपालीहरुको रुचिमा पर्न सफल भएको बैदेशिक रोजगारीको आकर्षक केन्द्रबिन्दु दक्षिण कोरियामा आर्थिक मन्दी लाग्ने भएको छ । जसको असर नेपालमा पनि पर्ने भएको छ । कोरियामा औद्योगिक क्षमता कमजोर हुँदै गएको  छ भने निर्यात घटेको छ । जसलेगर्दा नेपाली कामदारको माग कम  हुँदै गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस मार्फत सन् २००८ देखि नेपाली कामदार लाग्दै आएको छ ।

     

    कोरियन हेराल्डका अनुसार त्यहाँको समग्र औद्योगिक उत्पादन र अटोमोबाइल क्षेत्रमा मन्दी आएको छाएको छ।| कोरियाको औद्योगिक तथ्यांक इकाइले विद्युतीय पार्ट र अटो मोबाइल क्षेत्रमा देखिएको ह्रासका कारण समग्र अर्थतन्त्रमा असर परेको उल्लेख गरेको छ। कोरियाले भाषा परीक्षालाई दोस्रो र सीप परिक्षणलाई पहिलो प्राथमिकतामा राखेर छनोट प्रक्रियामा कडाइ गरेर कामदारको मागमा कमी आएको प्रष्ट संकेत गरेको छ | त्यसले गर्दा त्यतातर्फ जाने नेपाली श्रमिकको आकर्षणमा पनि कमी आएको छ । कोरियाली मानव संशाधन विकास बोर्डका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वमा नेपाल आएको टोलीले पनि नेपाली कामदार कोरिया लैजान समय लागेको स्वीकार गरेको छ।

    २०७६ मंसिर १३ गते मध्यान्ह १ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology